न्यु आईडिया नामक पत्रिकाले जनाए अनुसार ब्रोडले हङ्गकङ्गमा रहेको बखत एक महिलासँग त्यहाँको होटेलमा भेटेका थिए। त्यस बेला उनले आफूलाई जेम्स बण्ड भनी चिनाएको ती महिलाले बताएकी छिन्।
ब्रोड, उप-प्रधानमंत्री माईकल म्याककर्मेकका सहायक मन्त्रीको रुपमा कार्यरत रहेका थिए। म्याककर्मेकले यस सम्बन्धमा थप छानविन हुन सक्ने संभावना रहेको बताए। यो पछिल्लो घटना प्रकाशमा आएपछि, यससम्बन्धमा आफू कुनै टिप्पणी नगर्ने ब्रोडले बताएकाछन्।
गत बर्ष समलिङ्गी विवाहसम्बन्धमा आफ्नो अभिव्यक्ति दिदै, उनले त्यसले पारिवारिक मान्यताको उपहास गर्ने बताएका थिए।
Share
