SKIP TO MAIN CONTENT

मेलबर्न घटना: एक को मृत्यु दुई अन्य घाइते

मेलबर्न शहर स्थित बर्क स्ट्रिटमा भएको एक घटनामा एक जनाको मृत्यु र दुई अन्य घाइते भएका छन्।

Police responding to an incident at Bourke Street Mall, Melbourne, with reports of a car going up in flames.
Source: Twitter @meegslouise

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS


Skip to article content

भिक्टोरिया प्रहरी द्वारा एक विज्ञप्ति सार्वजनिक गर्दै एक व्यक्तिले मलमा रहेका आम मानिसहरु माथि छुरा प्रहार गर्नुका साथै एक सवारी साधनमा आगलागि भएको बताएको छ।

 

घटनास्थल पुगेका प्रहरीले आफ्नो कारवाहीमा एक व्यक्ति माथि गोलि प्रहर गरेको र उक्त व्यक्तिको  प्रहरी सुरक्षाका साथ् हाल अस्पतालमा उपचार भईरहेको प्रहरीको भनाई छ।

Police responding to an incident at Bourke Street Mall, Melbourne, with reports of a car going up in flames.
Police responding to an incident at Bourke Street Mall, Melbourne, with reports of a car going up in flames. Source: Twitter - acuriouscook

सोसल मिडियामा व्यापक रूपमा बाँडिएको एक भिडियोमा एक व्यक्तिले आगजनीमा परेको एक गाडी नजिकैबाट दुई प्रहरी जवानहरुलाई प्रहार गर्नलागेको दृश्य देखिएको छ। उनलाई पछि प्रहरीले आफ्नो नियन्त्रणमा लिएको थियो।

बर्क तथा स्वान्सटन मार्ग बीच रहेका एक प्रत्यक्षदर्शी सुकी सिंहले एसबिएस समाचारलाई भने, "मैले निकै ठुलो आगो बलेको देखें अनि जताततै प्रहरी नै प्रहरी थिए। हेलिकप्टर माथि आकाशमा थियो, मानिसहरु जता पायो त्यतै भागी रहेका थिए।"

अर्का एकजनाले भने, "मानिसहरु चिच्याउँदै दौडिरहेका थिए। त्यो क्षण साँचिकै नै आक्रान्त पार्ने खालको थियो।"

भिक्टोरिया प्रहरीले प्रत्यक्षदर्शीहरु बाट घटनाको छानबीनको लागि थप सहयोग प्रदान गर्न आग्रह गरेको छ।

राज्यका प्रिमियर डानियल एन्ड्रुजले घटना पछि पीडितहरुको सहयोगमा लागेका प्रहरी आम मानिसहरुको कदमको प्रसंसा गरेका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now