फास्ट फूड भनिने तयारी खाना बेच्ने म्याकडोनाल्डको ईटालीको शाखाले, आफ्नो बर्गरका परिकारका माझ - गुलियो बर्गर पनि जोडेको छ। ईटालीमै बन्ने न्यूटेला नामक गुलियो क्रीम जस्तै खाध्य पदार्थ आफ्नो बर्गरमा थप गरेको उक्त कम्पनीले बताएको छ।
अमेरिकामा शुरु भएको यस कम्पनीले देश अनुसार आफ्ना उपभोक्ताहरुलाई खानाका परिकार उपलब्ध गराउने गरेको छ। उदहारणका लागि, हिन्दुहरु बढी भएको देश भारतमा शाकाहारी बर्गर पनि पाईन्छ जबकि अस्ट्रेलियामा त्यो परिकार छैन।
ईटालीमा पनि धेरै उपभोक्ताहरु न्युटेलाको स्वाद मन पराउने भएकाले म्याकडोनाल्डले यो नयाँ बर्गर शुरु गरेको हो। यदि यो बर्गर लोकप्रिय भएको खण्डमा अस्ट्रेलियामा पनि भित्रिन्छ कि भनी जान्न केहि समय कुर्ने पर्ने हुन्छ।
