SKIP TO MAIN CONTENT

मध्य अमेरिकी शरणार्थी अस्ट्रेलिया आउने

Malcolm Turnbull Increasing refugee intake
Source: Brett Mason, SBS

1 min read

Published

Presented by SBS Nepali

Source: SBS


Skip to article content

अमेरिकाको भ्रमणमा रहेका प्रधान मंत्री मालकम टर्नबुलले, अस्ट्रेलियाले आउदा बर्ष हरुमा मध्य अमेरिकी देशबाट आएका शरणार्थीहरुलाई पनि स्थान दिने बताएका छन्। न्यु योर्क शहरमा संयुक्त राष्ट्र संघको एक कार्यक्रममा बोल्दै, टर्नबुलले आफ्नो देशले सन् २०१८-१९ सम्ममा १८,७५० शरणार्थीहरु भित्राउने बताए।

यस सम्बन्धमा थप रकम पनि सरकारले छुट्टायाउने भएको छ। आउदो तीन बर्षका लागि, १३० मिलिएन डलर शरणार्थीहरुको पुनर्वासका लागि थप गरिने भएको उनले जानकारी दिए। पछिल्ला दिनहरुमा ग्वाटेमाला , होंडूरस र एल सल्वाडोर लगायतका देशहरुमा फैलिदै गरेको हिंसाबाट सुरक्षित हुन त्यस क्षेत्रबाट शरणार्थीहरुको संख्या बढ्दै गएको छ।

मानुस टापु र नरुमा रहेका शरणार्थीहरुको पुनर्वास सम्बन्धमा प्रधानमंत्री टर्नबुलले त्यस बिषयमा थप कामहरु भई रहेको बताए।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now