SKIP TO MAIN CONTENT

अस्ट्रेलियाका लागि नेपाली राजदूतमा महेशराज दाहालको नाम स्वीकृत

संसदीय सुनुवाइ समितिले महेशराज दाहाललाई अस्ट्रेलियाको राजदूतका लागि अनुमोदन गरेको छ। जेठ दोस्रो हप्ता बसेको मन्त्रीपरिषद् बैठकले उनलाई अस्ट्रेलियाको राजदूतको लागि सिफारिस गरेको थियो।

Mahesh Raj Dahal recommended as Ambassador to Australia.
Mahesh Raj Dahal recommended as Ambassador to Australia. Source: Facebook

2 min read

Published

By Pratichya Dulal



Skip to article content

सोमवार बसेको संसदीय सुनुवाइ समितिको बैठकमा  सत्तारुढ दल र प्रतिपक्षी दुवैका सांसदहरूले उनीसँग ग्रिन कार्ड रहेको उजुरी परेको भन्दै त्यसको सत्यता बारे प्रश्न गरेका थिए।

विवाद

मन्त्रीपरिषद्ले उनको नाम सिफारिस गरेसँगै दाहालसँग अमेरिकी ग्रिन कार्ड रहेको चर्चा चलेको थियो।

काँग्रेसका सांसद भीमसेनदास प्रधानले त सरकारले छानबिन नगरिकनै विवादित व्यक्तिलाई राजदूतमा सिफारिस गरेकोभन्दै आपत्ति जनाएका थिए।

तर दाहालले उनी र उनको श्रीमतीको ग्रीनकार्ड नरहेको भन्दै प्रमाण स्वरूप उनको पासपोर्स समितिलाई देखाएका थिए।

अमेरिका भ्रमणमा गएका बेला श्रीमतीले नर्सिङ अध्ययन थालेको र त्यस पछि वर्क पर्मिट लिएर रेजिस्टर्ड नर्सको रूपमा काम गरिरहेको प्रस्ट पारेका थिए।

साथै उनले उनी र श्रीमती दुवैको अमेरिकाको ग्रिन कार्ड लिने सोच नरहेको पनि बताए।\

को हुन् दाहाल

त्यसो त दाहाल प्रचण्ड निकट मानिन्छन् तर उनी सुशील कोइराला प्रधानमन्त्री हुँदा नेपाल टेलिभिजनको अध्यक्ष नियुक्त भएका थिए।

काँग्रेसका सक्रिय सदस्य दाहालले २०७५ असोजमा भने नेकपा प्रवेश गरे र स्थानीय चुनावमा उनले रेणु दाहालका लागि प्रचार प्रसार गरेका थिए।

परराष्ट्र सेवा बाहिरका व्यक्तिहरू

यस पटक सरकारले सिफारिस गरेका चारै जना राजदूत, परराष्ट्र सेवा बाहिरका व्यक्तिहरू हुन्।

दाहालसँगै स्पेनका लागि दावफुटी शेर्पा, कतारका लागि नारद भारद्वाज र बङ्गलादेशका लागि वंशीधर मिश्रको अनुमोदन संसदीय सुनुवाइ समितिले अनुमोदन गरेको हो।

शेर्पा सगरमाथा आरोहण गर्ने पहिलो नेपाली महिला पासाङ ल्हामु शेर्पाकी छोरी हुन्।

तत्कालीन राजदूत लक्की शेर्पा विवादमा परेपछि कार्यकाल नसकिँदै राजीनामा दिएकी थिइन् र त्यस यता अस्ट्रेलियाको लागि नेपाली राजदूतको पद रिक्त रहेको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now