न्यु साउथ वेल्समा आँधीवेहरीले मच्चायो विध्वंस, उडेको ग्याँस सिलिन्डरले लाग्दा एक जना ठहरै

गएको २४ घण्टामा न्यु साउथ वेल्स राज्यभर आठ लाख भन्दा बढी चट्याङ परेको घटनाहरू दर्ता हुनुका साथै आँधीवेहरीका कारण जनजीवन पुनः एक पटक अस्त व्यस्त बनेको छ।

sydney storm

Sydney storm Source: Brett Clancy, Damilare Polley

न्यु साउथ वेल्स राज्यमा आँधीवेहरीका कारण गए रातीदेखि बाटा घाटा बन्द हुनुका साथै रेल लाइनहरू पनि प्रभावित बनेका छन्।

राज्यका सामुद्रिक तटका क्षेत्रमा तीव्र गतिले बिजुली चम्किँदै चट्याङ पर्नुका साथै ठुलो हावाहुरीका साथ खसेको असिना पछि एक जना हताहत भएको र करिब ५०,००० हजार घरहरूमा बिजुली आपूर्ति बन्द भएको हो।

सुरुमा करिब ८०,००० घरधुरीमा विद्युत् आपूर्ति रोकिए पनि बुधवार बिहानसम्म करिब ३० हजार घरहरूमा पुनर्स्थापित भइसकेको अस्ग्रिडले जनाएको छ।



मौसम बारे सूचना दिने वेदरजोनका अनुसार ६० हजार भन्दा बढी चट्याङका घटना सिड्नी लगायत त्यस वरपरका ब्लु माउण्टेन्स, सेन्ट्रल कोस्ट र इलावारा क्षेत्रमा दर्ता गरिएको हो।

उसका अनुसार यसरी बिजुली चम्कनु साधारण आँधीका बखत देखिने सामान्य भन्दा उल्लेखनीय रूपमा अधिक छ।

सिड्नी सहरको मुख्य व्यापारिक केन्द्र नजिकैको निकै लोकप्रिय पर्यटकीय गन्तव्य स्थल दी रक्समा एक्लै हिँडी रहेका एक ३७ वर्षीय पुरुषलाई तीव्र रूपमा चलेको हावाहुरीले उडाएर लिएर आएको एक ग्याँस सिलिन्डरले लागेर अस्पताल पुर्‍याएको केही समय भित्रै मृत घोषित गरिएको थियो।

स्थानीय प्रहरीका अनुसार उनलाई सेन्ट भिन्सेन्ट अस्पताल लागिएको थियो जहाँ गम्भीर रूपमा घाइते भएका ती व्यक्तिले आफ्नो दम तोडेको बताइएको छ।
A car got crushed by a tree in Bondi's Ocean Street during the wild storm.
A car got crushed by a tree in Bondi's Ocean Street during the wild storm. Source: Brett Clancy
ठुलो हावाहुरीले राज्यको दक्षिण पूर्वीय क्षेत्रहरूमा रुखहरू ढाल्दा गाडीहरू पूर्ण रूपमा क्षति हुनुका साथै पिम्बल र थर्नली चल्ने रेल लाइन अवरुद्ध हुन पुगेको हो।

न्यु साउथ वेल्स राज्य आपत्कालीन सेवाका एक प्रवक्ताले एसबीएसलाई बताए अनुसार मङ्गलवार बेलुकी आठ बजेदेखि उनको संस्थाले सहायताका माग गरिएको १,००० भन्दा बढी फोन उठाइसकेको छ।

विशेष गरेर राइड, हर्न्सबी, दी हिल्स डिस्ट्रिक्ट, नर्दर्न बिचेस र सेन्ट्रल कोस्ट लगायतका मुख्य रूपमा प्रभावित इलाकाहरूबाट ती फोनहरू आएको पनि उनले बताएका छन्।

“अधिकांश रूपमा ती फोनकलहरू ढलेका रुख एवम् असिनाद्वारा क्षति पुगेका छाना, सडकमा लडेका रुख र तिनका हाँगाबिँगाका कारण बिजुली प्रवाह गर्ने तारहरू खसेका कारण आएका थिए,” ती प्रवक्ताले भने।

यसका साथै, मानिसहरूले घरबाट निस्कनु अघि आज दिनभर जसो नै प्रत्यक्ष ट्राफिक विवरण अद्यावधिक गर्ने एप वा वेबसाइटहरू हेरेर मात्र आफ्नो योजना बनाउन पनि उनले सुझाएका छन्।
उता, मौसम विभागले भने बुधवार बिस्तारै स्थिति सामान्य बन्दै जाने पूर्वानुमान गरेको छ।

“आज दिनभर जसो नै मेघ गर्जन सहितको परिस्थिति राज्यको उत्तर पूर्वीय भेकहरूमा देखिने हाम्रो अनुमान छ,” मौसम विभागका एक मौसमविद् डेभिड विल्केले एसबीएस समाचारसँग भने।

उनका अनुसार, थप विध्वंस मच्चाउने मौसमी अवस्थामा बिहीबारदेखि क्रमिक रूपमा सुधार देखिने छ।

यसका साथै, राज्यमा दक्षिणी वायुको प्रभावका कारण केही चिसो हुने पनि बताइँदै गर्दा पश्चिमी न्यु साउथ वेल्समा भने उल्लेखनीय रूपमा वर्षा नहुने अनुमान मौसम विभागको छ।

Share

Published

Updated

By Maani Truu

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand