SKIP TO MAIN CONTENT

क्याम्प्सीबाट हराएका पुरुष भेटिएको प्रहरीको भनाइ

सिड्नीको दक्षिण-पश्चिमी क्षेत्रबाट हराएका एक २३ वर्षीय पुरुष भेटिएको न्यु साउथ वेल्स प्रहरीले बताएको छ।

NSW Police is asking for help to find Anuz Kunwar who was last seen in Campsie.
NSW Police is asking for help to find Anuz Kunwar who was last seen in Campsie. Source: Facebook/NSW Police Force

1 min read

Published

Updated



Skip to article content

अनुज कुँवरलाई मङ्गलबार २२ मार्चमा सेन्ट्रल स्टेसनमा सकुशल भेटिएको प्रहरीले जानकारी दिएको छ। 

प्रहरीका अनुसार उनी बेपत्ता भएको खबर सार्वजनिक भएको आधारमा, उनलाई त्यहाँ देखेका सुरक्षाकर्मीले प्रहरीलाई खबर गरेका थिए। 

हराउनु अघि उनलाई बुधबार (१६ मार्च, सन् २०२२) क्याम्प्सीमा देखिएको भन्दै प्रहरीले सर्वसाधारणबाट जानकारीको माग गरिरहेको थियो। 

क्याम्प्सी प्रहरी इलाका कमान्डका अधिकारी समक्ष उनी बेपत्ता भएको रिपोर्ट गरिएको थियो। 

कोही हराएका व्यक्तिको बारेमा जानकारी भए क्राइम स्टपर्सलाई १८०० ३३३ ००० मा या वेबसाइट मार्फत सम्पर्क गर्नुहोस्।

न्यु साउथ वेल्स प्रहरीले सामाजिक सञ्जाल मार्फत आपराधिक क्रियाकलापको उजुरी नगर्न सर्वसाधारणलाई आग्रह गरेको छ।

आपतकालीन अवस्थामा ००० मा फोन गर्नुहोस्। 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now