SKIP TO MAIN CONTENT

मन्त्रिपरिषद् निर्णय: सात वटै प्रदेश प्रमुख बर्खास्त

राष्ट्रपतिद्वारा ७ वटै प्रदेश प्रमुखहरूलाई पदमुक्त गरिएको राष्ट्रपति कार्यालयद्वारा जारी गरिएको विज्ञप्तिमा जनाइएको छ।

office of the prime minister of nepal_ council of ministers nepal
Source: Reporters Nepal

1 min read

Published

By SBS Nepali

Source: SBS


Skip to article content

आइतबार बसेको मन्त्रिपरिषद्को बैठकको निर्णय अनुरूप राष्ट्रपतिले नेपालको संविधानको धारा १६५ को उप धारा (१)को खण्ड (ख) बमोजिम सात वटै प्रदेश प्रमुखलाई पदमुक्त गरिएको विज्ञप्तिमा जनाइएको छ।

संवैधानिक व्यवस्थामा धारा १६५ मा प्रदेश प्रमुखको पद रिक्त हुने अवस्था अन्तर्गत उप धारा १ को खण्ड ख मा पदावधि समाप्त भएमा वा सो अगावै राष्ट्रपतिले निजलाई पदमुक्त गरेमा भन्ने उल्लेख गरिएको छ।

press release
Source: Supplied

बर्खास्त हुने प्रदेश प्रमुखहरूमा प्रदेश नम्बर १ का प्रा. डा. गोविन्द बहादुर तुम्बाहाङ, प्रदेश २ का रत्नेश्वर लाल कायस्थ त्यस्तै ३ बाट अनुराधा कोइराला रहेका छन्।

बाबुराम कुवंर गण्डकी प्रदेशबाट, प्रदेश नम्बर ५ का उमाकान्त झा, कर्णाली प्रदेशका दुर्गा केशर खनाल र मोहनराज मल्ल सुदूर पश्चिम प्रदेशबाट रहेका छन्।

संविधानको धारा १६३ मा प्रदेश प्रमुखसम्बन्धी व्यवस्था अन्तर्गत उप धारा ३ मा राष्ट्रपतिले पदावधि समाप्त हुनुभन्दा अगावै निजलाई पदमुक्त गरेमा बाहेक प्रदेश प्रमुखको पदावधि पाँच वर्षको हुने उल्लेख गरिएको छ।

तर २०६४ मा प्रदेश प्रमुखमा नियुक्त गरेकोमा ५ वर्ष समयावधि पुग्नु अगावै किन यो निर्णय आयो भन्ने बारे भने विज्ञप्तिमा केही खुलाइएको छैन


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now