SKIP TO MAIN CONTENT

ब्यांक शुल्क कम गर्ने तरिका

Smart tips for saving bank fees
Source: Flickr CC By 2.0

1 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS Settlement Guide



Skip to article content

अस्ट्रेलियामा भर्खरै आएका प्रवासीहरुलाई आफूले कमाएका पैसा कुन ब्यांकमा जम्मा गर्ने, कुन चाही आफ्नो लागि अनुकुल छ भनी बुझ्न जरुरी छ। सबै ब्यांकहरु बाहिरबाट उस्तै उस्तै देखे पनि, व्याज दर, सहुलियत र अन्य विभिन्न प्रावधानका कारण फरक हुन सक्छन र आफूलाई कुन ब्यांकमा जाँदा फाईदा हुन्छ, त्यसलाई नै रोज्नु पर्छ।

त्यो क्रममा खासगरी यी पाँच कुराहरुलाई बढी ध्यान दिनु पर्छ :

१. बिधार्थी लगायत कतिपय वर्गलाई धेरै ब्यांकले खाता खोल्दा पैसा लिने गर्दैनन्। कतिपय ब्यांकले भने मासिक एउटा निश्चित रकम खातामा राख्ना वा सार्नाले खाता शुल्क मिनाहा गर्ने गर्छन, र यसैले यी कुराहरु बुझ्न अत्यन्तै जरुरि रहन्छ।

२. ब्यांकको भन्दा अन्य निजी कम्पनीको एटीएमबाट पैसा निकाल्नाले थप शुल्क लग्न सक्छ । भरसक खातावाला ब्यांककै मेसिनबाट पैसा झिक्नु पर्छ।

३. सुपर मार्केटमा किनमेलको पैसा तिर्दा, त्यहीँबाट क्याश-आउट प्रणाली मार्फत रकम झिक्दा गर्दा थप शुल्क लाग्दैन।

४. कहिलेकाही क्रेडिट कार्ड लगायतका खाताबाट अपराधिक गिरोहहरुले पैसा चोर्न सक्छन। तसर्थ, खाता अनलाईनमा गई खर्चमा ध्यान पुराई रहनु पर्छ।

५. क्रेडिट कार्ड र अन्य भुक्तानी गर्नु पर्ने कुराहरु समयमा तिर्दै जानु पर्छ। त्यसो गर्नाले आफ्नो क्रेडिट रेटिंग राम्रो रहन्छ र पछि सम्म आर्थिक व्यपस्थापन गर्न सजिलो हुन्छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now