तपाईले अस्ट्रेलियाली बजारबाट साग सब्जी किन्ने गर्नु भएको छ भने, अर्को चोटी पसल छिर्दा त्यहाँका टमाटर कहाँ बाट आएका हुन् - जान्ने प्रयास गर्नु होला। हुन सक्छ, ती दक्षिण अस्ट्रेलियाको एक जर्जर भूमि क्षेत्रबाट आएको हुन सक्छ।
एडीलेडबाट ३ घण्टा उत्तरमा रहेको सनड्रप फार्मले यस बर्ष देखि टमाटर उत्पादन शुरु गरेको छ र कोल्स सुपरमार्केटले देशभरि त्यसको वितरण गर्दै छ। ग्रीनहाउसमा उमारिएका यी टमाटरले जमिन मुनिको पानी न लिएर, एउटा लामो दुरीको पाईप मार्फत ल्याईएको समुद्री पानी सोस्ने गर्छ। र साथै, यो समुद्री पानीको नून सोस्न, छेउमै राखिएका घाम तर्फ़ फर्काईएका ऐनाहरुबाट निकालिएका ऊर्जा प्रयोग हुने गर्छ।
यसरि टमाटर उत्पादन गर्ने प्रोजेक्ट पाँच बर्ष अघि शुरु भएको थियो र अनेकौ परिक्षणहरु पछि यसरि बजारका लागि उत्पादन शुरु भएको हो।
