SKIP TO MAIN CONTENT

म्याकडोनाल्ड्सका एक लाख कामदारहरूको तलब बढ्ने

आफ्ना युवा कामदारहरूलाई सप्ताहान्तमा काम गरे बापत “पेनाल्टी रेट” दिन मक्डोनल्ड्स सहमत भएपछि उनीहरूको तलबमा वृद्धि हुने भएको हो।

الى جانب البرجر: ماكدونالدز يبيع الخبز والحليب
Source: Jeff Greenberg/UIG via Getty Images

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

अस्ट्रेलियाको प्रमुख रोजगारदाता मध्येको एक रहेको म्याकडोनाल्ड्सले किशोर अवस्थाका आफ्ना कामदारहरूको तलब वृद्धि गर्ने घोषणाका साथै आफ्ना पुराना कामदारहरूलाई पनि उनीहरूले पाउनुपर्ने न्यूनतम तलब दिने आसा जागेको छ।

म्याकडोनाल्ड्सले सन् २०१३ मा खुद्रा पसल कारिन्दाहरूको एक युनियनसँग गरेको एक विवादास्पद सहमति पछि, आफ्ना सबैभन्दा कम उमेरका कामदारहरूलाई “फास्ट फुड अवार्ड रेट” भन्दा कम - प्रतिघण्टा ८.६४ डलर प्रदान गर्छ। साथै, सप्ताहन्तमा काम गरेबापत पाइने “पेनाल्टी रेट”बाट पनि उनीहरू वञ्चित रहेका छन्।

तर, सन् २०१६ मा फेयर वर्क कमिसनको पूर्ण बेञ्चले गरेको एक निर्णय पछि भने, म्याकडोनाल्ड्सले जस्तै “अवार्ड रेट” भन्दा कम तलब दिँदै आएका वूलवर्थ्स, डोमिनोज र कोल्सले आफ्ना कामदारहरूलाई कानूनी रूपमा दिनुपर्ने न्यूनतम तलब दिँदै उनीहरूको कमाइमा राम्रै वृद्धि गरिदिएको थियो।

अस्ट्रेलियाको निजी क्षेत्रकै दोस्रो ठुलो रोजगारदाता रूपमा रहेको म्याकडोनाल्ड्सले अब कानूनी रूपमै आफ्ना कामदारहरूलाई कानूनी रूपमा दिनुपर्ने न्यूनतम तलब दिनुपर्नेछ।

अबका आउँदा दिनहरूमा आफ्ना कामदारहरूलाई आफ्नो नयाँ तलब स्केलबारे जानकारी दिने बताइएको छ।

म्याकडोनाल्ड्सकी एक प्रवक्ताका अनुसार, उनीहरूले युनियनहरूसँग आफ्नो वार्ताका क्रममा सप्ताहान्त “पेनाल्टी रेट” तथा अन्य भत्ताहरूबारे राम्रैसँग कुरा बढिरहेको छ।

तर, रिटेल एण्ड फास्ट फुड वर्कर्स युनियनका सचिव जोस क्युलिनन भने अर्को युनियनसँग अगाडी बढिरहेको कुरा प्रति त्यति सकारात्मक देखिँदैनन्।

“शप डिस्ट्रिब्युटिभ एण्ड एलाइड एम्प्लोयीज एसोसिएसन (एसडीए)सँग मिलेर मक्डोनल्ड्सले औद्योगिक स्तरको तलब ठगी गर्दै फेयर वर्क कमिसनको आँखामा छारो हाल्ने काम गरेको छ,” उनले भने।

क्युलिननका अनुसार बनिंग्स, हंग्री ज्याक्स र म्याकडोनाल्ड्सले कम पेनाल्टी रेट आगामी चार वर्षसम्म केही थपघट गर्न नमिल्ने गरी पारित गर्न लागेका छन् र यो चिन्ताको विषय हो।

उता, म्याकडोनाल्ड्सकी प्रवक्ता भने अब लागू हुने नयाँ तलब-भत्ता सम्बन्धी सबैमा आफ्ना १०५,००० कर्मचारीहरू र फेयर वर्क कमिसनको अनुमोदन रहेको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now