SKIP TO MAIN CONTENT

तलब वृद्धिको माग गर्दै मेलबर्नमा ५०,००० भन्दा बढीको प्रदर्शन

श्रमिकहरूको हक-हितको माग राख्दै आज बिहान मेलबर्न सहरमा आयोजना भएको “चेन्ज द रूल्स” र्‍यालीमा करिब पचास हजार मानिसहरूले भाग लिएको अनुमान गरिएको छ।

Thousands of workers attended a Change the Rules rally in Melbourne.
Thousands of protesters attended the Change the Rules rally in Melbourne. (AAP) Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

अस्ट्रेलियाली श्रम संगठनहरुको राष्ट्रिय परिषद द्वारा तलब र भत्तामा वृद्धि हुनुपर्ने प्रमुख माग राख्दै आयोजना गरेको उक्त प्रदर्शनका कारण सहरका मुख्य सडकहरू अवरुद्ध भएका थिए।

आज बिहान १०:३० बजे सुरु भएको उक्त प्रदर्शनीमा भिक्टोरियाका प्रिमियर ड्यानियल एण्ड्रुज लगायत बाम धारका सङ्घीय सांसदहरू एन्ड्रु जाइल्स, जेड कार्नी, केट थ्वेट्स र एडम बाण्टको पनि सहभागिता रहेको थियो।

कामदारहरूले आफ्नो काम बापत यथोचित पारिश्रमिक तथा भत्ता पाउनु पर्ने भन्दै भिक्टोरियाली प्रिमियरले उक्त र्‍यालीमा भाग लिएका थिए। 

श्रमिकहरूको उचित सुविधाका लागि यसरी र्‍यालीमा भाग लिँदा गर्वको महसुस भएको पनि उनले त्यहाँ उपस्थित पत्रकारहरूलाई कथित रूपमा बताएका थिए।

अस्ट्रेलियाका विभिन्न युनियनहरूका अनुसार, लिबरल र नेस्नल पार्टीको गठबन्धन सरकारमा आएपछि अस्ट्रेलियनहरुको जीवनस्तरमा ३० वर्ष यताकै सबैभन्दा बढी गिरावट भएको छ।

मेलबर्न एज पत्रिकाका अनुसार, आयोजकका तर्फबाट ट्रेड्स हलका सचिव लुक हिलकारीले उनलाई  र्‍यालीमा उपस्थिति जनाएकोमा धन्यवाद दिएका थिए।

बिदाको समय तथा लामो समयसम्म काम गर्दा कामदारहरूले पाउनु पर्ने पेनाल्टी रेट पुन: कायम हुनुपर्ने बताउँदै प्रिमियर एन्द्रुजले भने "लेबर पार्टी  सरकारमा आए मात्र कामदारहरुको अधिकार सुरक्षित हुनेछ।"

साथै, उनले श्रमिकहरूको हक तथा हितको अगाडी आज मेलबर्नवासीले भोगेको अवरोध ठुलो नभएको पनि प्रतिक्रिया दिए।

र्‍याली सहरको केन्द्रीय व्यापारिक क्षेत्रमा रहेको ट्रेड्स हलबाट सुरु भई सप्रिंग स्ट्रीट स्थित राज्यको संसद् भवन पुगेर समापन भएको थियो।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now