SKIP TO MAIN CONTENT

भिक्टोरियामा थप ११ नयाँ कोभिड-१९ सङ्क्रमित

भिक्टोरियामा सोमबार पुष्टि भएका नयाँ कोभिड-१९ सङ्क्रमित मध्ये मेलबर्नको आरकेयर मेडस्टोन वृद्ध स्याहार केन्द्र कि एक निवासी र थप एक कर्मचारी पनि परेका छन्।

People line up to be vaccinated at a mass coronavirus vaccination hub at the Melbourne Convention and Exhibition Centre.
People line up to be vaccinated at a mass coronavirus vaccination hub at the Melbourne Convention and Exhibition Centre. Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS News



Skip to article content

मेलबर्नको एक वृद्ध स्याहार केन्द्रका एक कर्मचारीमा कोरोना भाइरस सङ्क्रमण देखा परे पछि, केन्द्र कि एक निवासी पनि सङ्क्रमित बन्न पुगेको पुष्टि भएको छ। 

सोमबार ११ नयाँ सामुदायिक सङ्क्रमण पत्ता लागे पछि हालको प्रकोपसँग सम्बन्धित सङ्क्रमितको सङ्ख्या ५१ पुगेको भिक्टोरियाली स्वास्थ्य अधिकारीहरूले बताएका छन्। सङ्क्रमित नजिकी सम्पर्कमा ४२०० जना रहेको बताइएको छ। 

११ मध्ये ६ वटा केसहरू आइतबारको २४ घण्टाको गणना म्याद पछि फेला परेको हुनाले तिनलाई मङ्गलबारको तथ्याङ्कमा समावेश गरिने छ।

करिब ४४,००० व्यक्तिहरूले आफ्नो परीक्षण गराएका थिए। राज्यमा कोरोनाभाइरसका ५४ सकृय केस छन्। 

"सानो सङ्ख्याका सङ्क्रमितले जनसङ्ख्याको ठूलो मात्रालाई असर पुराएको" हुनाले राज्य एक "गम्भीर" चुनौतीसँग जुझिरहेको कार्यवाहक प्रिमियर जेम्स मर्लिनोले बताए। 

"म सबैलाई स्पष्ट रूपमा भन्न चाहन्छु, यो अवस्था सुधार हुनु भन्दा अघि झनै बिग्रन सक्छ", उनले भने।

सोमबार मे ३१ को लागि आधिकारिक रूपमा गनिएका पाँच नयाँ सङ्क्रमित मध्य आरकेयर मेडस्टोन वृद्ध हेरचाह केन्द्रका एक दोस्रो कर्मचारी, उनका छोरा र एक बासिन्दा परेका छन्।

कोरोना भाइरसको खोप वितरण हुने क्रममा छुट्टीमा भएको हुनाले ती कर्मचारीले खोपको पहिलो डोज लगाएकी थिइनन्। त्यस्तै उनको छोरामा आइतबार सङ्क्रमण पुष्टि भएको थियो। 

सङ्क्रमित बासिन्दा एक ९० वर्षीय महिला हुन्, र उनलाई जांचको लागि अस्पतालमा भर्ना गरिएको छ। उनले अहिलेसम्म हल्का लक्षणहरू देखाएकी छिन्। 

आरकेयर वृद्ध हेरचाह केन्द्रका ७६ बासिन्दाहरू मध्य ५३ जनाले फाइजरको खोप लगाउन मानेको, र पहिलो डोज लगाएको त्यहाँका एक प्रवक्ताले बताएका हुन्। खोपको दोस्रो डोज सोमबार लगाउने योजना रहेको उनले बताए।

आरकेयर वृद्ध स्याहार केन्द्रलाई आइतबार लकडाउनमा राखिएको थियो र एक पहिला ५० वर्षीय कर्मचारीमा सङ्क्रमण पुष्टि भए पछि सबै बासिन्दाहरूलाई आइसोलेसनमा राखिएको थियो। 

अल्टोनाकी ती महिला आइतबार पत्ता लागेका पाँच सामुदायिक सङ्क्रमण मध्य एक हुन्। उनले १२ मेमा कोरोना भाइरस विरुद्धको पहिलो डोज लगाइ सकेकी थिइन्। बुधबार र बिहीबार काम गर्दा उनको सक्रिय सङ्क्रमण रहेको हुन सक्ने अनुमान गरिएको छ। 

उनको सङ्क्रमणको श्रोत भने हाल पत्ता लागेको छैन। 

"खोप नलगाएका बासिन्दा र तिनका परिवारलाई यस विषयमा फेरी एक पटक सोच्न हामी प्रोत्साहन गर्दै छौँ", संघीय स्वास्थ्य मन्त्री ग्रेग हन्टले पत्रकारहरूलाई भने। 

निजी वृद्ध स्याहार केन्द्रहरूमा ८५ प्रतिशत बासिन्दाहरूले र भिक्टोरियाली निवास सेवाहरूमा शत प्रतिशतले खोप लगाएको उनले बताए। 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now