SKIP TO MAIN CONTENT

मेलबर्न: जतिसक्दो धेरै मानिसहरुको हत्या गर्ने कथित लक्ष्य बनाउने ३ जना प्रहरी हिरासतमा

मेलबर्नमा जतिसक्दो धेरै मानिसहरुको हत्या गर्ने कथित लक्ष्य राखेका तीन व्यक्तिहरुले अर्ध-स्वचालित राइफल हात पार्ने प्रयास गरेको भिक्टोरिया प्रहरीले बताएको छ।

Victorian Premier Daniel Andrews and Chief Commissioner Graham Ashton.
Chief Commissioner Graham Ashton says three men have been arrested in counter terror raids. (AAP) Source: AAP

3 min read

Published

Updated

By Peggy Giakoumelos, SBS Nepali

Source: SBS News



Skip to article content

आइएस बाट प्रेरित हुँदै उक्त हमला गर्ने कथित योजना बनाएको आरोपका साथ् मंगलबार पक्राउ गरिएका ती व्यक्तिहरु माथि गए मार्च महिना देखि प्रहरी द्वारा निगरानी राखिएको अधिकारीहरुको भनाइ छ। 

भिक्टोरिया प्रहरीका साथै राष्ट्रिय जासूसी निकाय एसीयो र अस्ट्रेलियाली संघीय प्रहरी द्वारा संयुक्त रूपमा मंगलबार २० नभेम्बर बिहान उत्तर-पश्चिमी मेलबर्नका तीन सबर्बहरु स्थित घरहरुमा छापा मार्दै तीन पुरुषहरुलाई हिरासतमा लिइएको थियो। 

मेलबर्नमा आतंकबादी हमला गर्ने कथित योजना बनाएको आरोपमा पक्राउ परेका हरुमा डालस नामक सबर्ब बाट एक ३० वर्षे पुरुष रहेका छन् भने क्याम्पबेलफिल्ड बाट एक २६ वर्षे पुरुष र ग्रीनभेल बाट एक २१ वर्षे पुरुषलाई पक्राउ गरिएको हो। 

भिक्टोरिया प्रहरीका अनुसार हमलाको उक्त कथित योजना मध्य पुर्वमा सक्रिय रहेको समूह आइएस बाट प्रेरित भएको र पक्राउ परेकाहरुले मेलबर्नमा जतिसक्दो धेरै मानिसहरुको हत्या गर्ने कथित लक्ष्य राखेका थिए। 

साथै आरोपितहरुले अर्ध-स्वचालित राइफल हात पार्ने प्रयास गरेको भिक्टोरिया प्रहरीले बताएको छ।

Police say three men allegedly planning a Melbourne terror attack tried to get a gun
Four properties were raided in Melbourne's north west in a counter-terrorism operation Tuesday morning. Source: sbs news

अधिकारीहरुका अनुसार पक्राउ परेकाहरु मध्ये दुई जना दाजु भाइहरु टर्कीश पृष्ठभूमिका अस्ट्रेलियाली नागरिकहरु हुन् र यस वर्षको सुरुमा तीनैको राहधानी पनि रद्द गरिएको थियो। 

भिक्टोरियाका प्रिमियर ड्यानियल एण्डरुजले छानबीनमा संलग्नहरुलाई धन्यबाद दिंदै भिक्टोरियालीहरुलाई सुरक्षित् राख्न उनिहरुले निभाएको भूमिका प्रति आफु आभारी रहेको पनि बताएका छन्। 

“आफ्नो ज्यान जोखिममा राखी काम गरेका सयौं मानिसहरुलाई भिक्टोरियालीहरुको तर्फ बाट धन्यवाद”, उनले भने। 

भिक्टोरिया प्रहरीका प्रमुख ग्रेहाम एश्टनले पक्राउ परेका तीन जना व्यक्ति माथि गए मार्च महिना देखि निगरानी राखिएको थियो र गए केहि हप्ता यता उनिहरुल आफ्नो योजना लागु गराउन धेरै आतुर रहेका थिए। 

प्रहरी कमिशनरका अनुसार आरोपितहरुले आफ्नो कथित आतंककारी हमलाको लागि २२ क्यालिबर अर्ध-स्वचालित राइफल हात पार्ने प्रयास गरेका थिए। 

“उक्त कथित हमला कहाँ हुने बारे जानकारी नरहेता पनि ती तीनले धेरै भिंड हुने स्थानमा हमला गर्ने योजना बनाएको आफ्नो अनुमान रहेको छ” 

यसैक्रममा सहायक कमिशनर रोस गुन्थरले भनेका छन् कि देशमा बिदाको समय नजिकिदै जाँदा यस प्रकारका योजनाहरु माथि कदम चाल्न चौबीसै घण्टा काम गर्नु पर्ने अवस्था रहन्छ। 

प्रहरीका अनुसार पक्राउ परेका मध्ये दुई जनाको कुनै अपराधिक रेकर्ड नरहेता पनि तेश्रो व्यक्तिलाई सन् २००७ सालमा आफुले चलाएको सवारी साधनमा एल प्लेट वा सिकारु रहेको प्लेट नराखेको कारण प्रहरी सम्पर्कमा आएका थिए। 

ती व्यक्तिहरु बाट समुदायमा अब कुनै खतरा नरहेको पनि अधिकारीहरुको भनाइ छ।

आफ्नो ज्यान जोखिममा राखी काम गरेका सयौं मानिसहरुलाई भिक्टोरियालीहरुको तर्फ बाट धन्यवाद - प्रिमियर ड्यानियल एण्डरुज

साथै राष्ट्रिय सुरक्षाका लागि कार्यबाहक उप- कमिशनर इयन मककार्टनि भन्छन कि पछिल्लो हिरासतले आतंकबाद बिरोधि कदमहरु सफल भइरहेको देखाउंछ। 

“सन् २०१४ को सेप्टेम्बर महिनामा जब देशको सुरक्षा खतराको स्तरलाई बढाइएको थियो त्यो बेला देखि अहिले सम्म ४० ओटा आतंकबादसँग सम्बन्धित छानबीनहरुका साथ् ९० जनालाई हिरासतमा लिइएको छ”।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now