उत्तरी मेलबर्नमा कोरोनाभाइरसका दुई 'सम्भावित सङ्क्रमण'; मास्क प्रयोगमा थप कडाइ

मेलबर्नको उत्तरी सबर्बहरुमा कोरोनाभाइरसका दुई 'सम्भावित सामुदायिक सङ्क्रमण' पुष्टि हुँदा, आज देखि रेल र ट्र्याममा यात्रा गर्नेहरुले मास्क लगाएको सुनिश्चित गर्न कडाइ गरिने भिक्टोरियाली सरकारको भनाइ रहेको छ।

A man wears a mask on a tram travelling down Bourke street in Melbourne.

A man wears a mask on a tram travelling down Bourke street in Melbourne. Source: AAP

मेलबर्नका उत्तरी सबर्बहरुसंग सम्बन्धित कोरोनाभाइरसका दुई 'सम्भावित सङ्क्रमण' भेटिएको भिक्टोरियाली स्वास्थ्य निकाय द्वारा बताइएको छ।

स्वास्थ्य बिभागका अनुसार सोमबार बिहान "कोभिड-१९ का दुई सम्भावित केस" बारे जानकारी प्राप्त भएको हो।

"ती दुई केसहरु बीच सम्बन्ध रहेको भन्ने हाम्रो बुझाइ रहेको छ," बिभागको भनाइ छ।

अधिकारीहरुका अनुसार ती पछिल्ला सङ्क्रमण सम्बन्धि रिपोर्टबारे थप जांच सुरु भैसकेको छ र यदि पुष्टि हुने हो भने गत ८६ दिन देखि भिक्टोरियामा एउटा पनि सामुदायिक सङ्क्रमण नभेटिएको किर्तिमान पनि अन्त्य हुने छ।

मास्क प्रयोगमा थप कडाइ

मेलबर्नमा नयाँ सङ्क्रमणबारे समाचार आउदा, राज्यका रेल र ट्र्याममा यात्रा गर्दा मास्क प्रयोग गर्न इन्कार गर्ने मानिसहरुलाई २०० डलर सम्मको जरिवाना तिराइने भिक्टोरिया सरकारले बताएको छ।

गत नम्बर महिनामा मेलबर्नको दोश्रो चरणको कोरोनाभाइरस लकडाउन अन्त्य भएदेखि, राज्यका रेल र ट्र्यामहरुमा सवार यात्रुहरु मध्ये मास्क प्रयोग गर्नेहरुको संख्या ८८ प्रतिशत बाट झरेर झन्डै ५० प्रतिशत पुगेको छ।

मास्क प्रयोगको स्वास्थ्य निर्देशनको पालना नगर्ने मानिसहरुको बढ्दो संख्याका कारण भन्दै सोमबार देखि भिक्टोरिया सरकारले मास्क प्रयोग सम्बन्धि अभियानलाई पनि बढाएको छ।

Public transport commuters Victoria have been warned to mask up or face a $200 fine.
Public transport commuters Victoria have been warned to mask up or face a $200 fine. Source: Getty Images

आगामी दुई हप्ता सम्म संचालन हुने उक्त अभियान अन्तर्गत मास्क प्रयोग गर्न भनि अधिकारीहरु द्वारा राखिएको प्रस्ताव अस्विकार गर्ने मानिसहरुलाई जरिवाना तिराइने सार्वजनिक यातायात सम्बन्धि राज्य मन्त्री बेन क्यारोल ले बताएका छन्।

"हामी राज्यका ७० महानगरीय रेल स्टेशनहरुका साथै, ५० भि/लाइन स्टेशन र ट्र्याम स्टपहरुमा मास्क वितरण गर्ने छौं," आइतबार उनले पत्रकारहरुलाई बताए।

"यदि तपाईंलाई प्रहरी वा सुरक्षा सेवा अधिकारीहरु ले मास्क दिन्छन भने, कृपया त्यसलाई लिनुहोस्। यदि तपाईंले मास्क लिन अस्विकार गर्नुहुन्छ भने तपाईंलाई जरिवाना तिराइन सकिन्छ।"

यस महिनाको सुरुमा उत्तरी मेलबर्नको वुल्लर्ट नामक सबर्ब एक एक निवासी कोरोनाभाइरस बाट सङ्क्रमित रहेको समयमा एक एएफएल खेल अगाडी रेलको प्रयोग गरेको समाचारहरु आउँदा, मास्क प्रयोग सम्बन्धि सरकारको पछिल्लो अभियान चाहिं उक्त घटनासंग सम्बन्धित नरहेको मन्त्री क्यारोल ले जोड दिएका छन्।

"फुटबल पुनः सुरु हुँदा, थप संख्यामा मानिसहरु फुटी हेर्न जान थालेका छन्, यस्तो अवस्थामा केहि मानिसहरुले कहिलेकाहीं अन्जानवस मास्क लगाउन पनि बिर्सन सक्छन्," उनले भने।

"यसकारण पनि मास्क प्रयोग सम्बन्धि संदेश पुर्याउन भिक्टोरिया प्रहरी र सुरक्षा सेवासंगको साझेदारीका साथ् यो अभियान सुरु गर्ने यो एक उपयुक्त समय हो।"

A tram passenger wearing a mask in Melbourne.
A tram passenger wearing a mask in Melbourne. Source: AAP

भिक्टोरियामा सन् २०२० को मध्य देखिनै सार्वजनिक यातायातहरुमा मास्कको प्रयोग अनिवार्य रहेता पनि, पछिल्ला समयमा मास्क नलगाए बापत २०० डलर सम्मको जरिवानाको नियम कम संख्यामा प्रयोग गरिएको बताइएको छ।

र मन्त्री क्यारोल भन्छन भिक्टोरियामा कोरोनाभाइरस विरुद्धको खोप लगाउने मानिसहरुको संख्या बढ्दै गएता पनि हालको लागि चाहिं मास्क प्रयोगको नियम कायम रहने छ।


3 min read

Published

Updated

By SBS Nepali

Source: SBS News




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now