मानसिक स्वास्थ्य र पर्यावरण तन्नेरी अस्ट्रेलियालीहरूका प्रमुख चिन्ताका विषय

मिसन अस्ट्रेलियाद्वारा गरिएको एक सर्वेक्षणका अनुसार, सानो उमेरका अस्ट्रेलियालीहरूका लागि यो वर्ष मानसिक स्वास्थ्य सबैभन्दा महत्त्व बोकेको विषय रहेको छ।

A schools climate strike rally in Melbourne earlier this year.

A schools climate strike rally in Melbourne earlier this year. Source: AAP

किशोर अवस्थाका अस्ट्रेलियालीहरूका अनुसार पर्यावरण यो देशका लागि दोस्रो ठुलो महत्त्व बोकेको विषय हो।

मिसन अस्ट्रेलिया नामक एक संस्थाले एक सर्वेक्षणमा आधारित रहेर प्रकाशित गरेको सन् २०१९को “युथ सर्भे रिपोर्ट”का अनुसार तनावको सामना गर्नु, पढाइमा समस्याहरू आउनु र मानसिक स्वास्थ्य किशोर अस्ट्रेलियालीहरूका सबैभन्दा बढी चासोका विषयहरू हुन्।

१५ देखि १९ वर्षसम्मका २५,००० भन्दा पनि बढी किशोर एवं किशोरीहरूले भाग लिएको उक्त सर्वेक्षणमा ३६.२ प्रतिशत उत्तरदाताले मानसिक स्वास्थ्य अस्ट्रेलियाको निम्ति सबैभन्दा गहन मुद्दा भएको बताएका थिए।

त्यसै गरी, ३४.२ प्रतिशतले पर्यावरण र २४.८ प्रतिशतले समानता तथा भेदभाव अस्ट्रेलियाको लागि सबैभन्दा महत्त्व बोकेका मुद्दा भनेका थिए।

त्यसै गरी, ३४.२ प्रतिशतले पर्यावरण र २४.८ प्रतिशतले समानता तथा भेदभाव अस्ट्रेलियाको लागि सबैभन्दा महत्त्व बोकेका मुद्दा भनेका थिए।

पर्यावरणलाई मुख्य मुद्दा भन्नेहरूको सङ्ख्या, अघिल्लो वर्षको तुलनामा यसपालि तीन गुणाले बढेको हो। सन् २०१८ मा जम्मा ९.२ प्रतिशत उत्तरदाताले यसलाई मुख्य मुद्दाका रूपमा चित्रित गरेका थिए।

उक्त प्रतिवेदनका अनुसार, जम्मा ७.२ प्रतिशतले मात्र सार्वजनिक मामिलाका विषयहरूमा उठाइएको आफूहरूको कुरा सँधैजसो सुनिने बताएका छन्।

त्यसै गरी, २१ प्रतिशत उत्तरदाताहरूले विगत १२ महिनाको अवधि भित्र आफूहरूले विद्यालयमा उत्पीडन एवं तर्साउने तथा धम्क्याउने स्थितिको सामना गर्नुपरेको बताएका थिए भने ५८.३ प्रतिशतले आफू भविष्य प्रति आसावान् रहेको प्रतिक्रिया दिए।

मानसिक स्वास्थ्यलाई बृहत् रूपमा सम्बोधन गरिनुपर्ने

توصیه هایی برای حفظ سلامت روانی کودکان در وضعیت ناشی از کروناویروس
Source: AAP

दि अस्ट्रेलियन युथ अफेयर्स कोअलिसनले मानसिक स्वास्थ्य र पर्यावरणलाई तन्नेरी अवस्थाका अस्ट्रेलियालीहरूले अधिक महत्त्व दिएकोमा आफूहरूलाई अचम्म नलागेको बताएको छ।

“यो सर्वेक्षणबाट के पुष्टि भएको छ भने, ज्येष्ठ र वयस्क अस्ट्रेलियालीहरू युवा पिँढीकाले दिनदिनै भोगिरहेको दबाब, तनाव र चिन्ताबाट टाढा छन्। हामीले यी कुराहरू सुन्दै आएका हौँ तर अब हामीसँग यसबारे तथ्याङ्क नै उपलब्ध भएको छ,” कोअलिसनकी अध्यक्ष केटी अचेसनले भनिन्।

“धेरै जस्तो मुद्दामा चाहिँ यो जलवायु परिवर्तनसँग सम्बन्धित रहेको छ।”

सङ्घीय सरकारले युवाहरूको मानसिक स्वास्थ्य सेवाका लागि अनुदान वृद्धि गरेता पनि अचेसन भने मानसिक स्वास्थ्यलाई बृहत् रूपमा सम्बोधन गरिनुपर्ने बिचार व्यक्त गर्छिन्।

“उनीहरूद्वारा उठाइएका विषयहरू प्रति हाम्रो गम्भीरता र ती मुद्दाहरूलाई हामीले कसरी सम्बोधन गर्दै छौँ भनेर देखाउन जरुरी भइसकेको छ। जलवायु परिवर्तन ती मध्ये एक हो,” उनले भनिन्।

“यदि सरकार यथार्थमै युवाहरूको मानसिक स्वास्थ्य बारे चिन्तित छ भने उसले जलवायु परिवर्तनलाई सम्बोधन गरिनुपर्ने मुद्दाहरूको सूचीमा सबैभन्दा माथि राखेर देखाउनु पर्‍यो।”

मानसिक स्वास्थ्य बारे सहयोगका लागि बियोण्डब्लुलाई १३०० २२ ४३६३ मा सम्पर्क गर्नुहोस्।

 


Share

2 min read

Published




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now