देशका ग्रामीण भागहरूमा सिप युक्त व्यक्तिहरूको कमी हुने क्रम बढी रहँदा क्विन्सल्याण्डमा गरिएको एउटा अध्ययनले यी दुई सहरहरू मात्र किन आप्रवासीहरूको रोजाइमा परिरहेका छन् भन्ने पत्ता लगाउने प्रयास गरेको छ।
सेन्ट्रल क्विन्सल्याण्ड विश्वविद्ध्यालयको एक महत्त्वपूर्ण अध्ययनले एक्लोपन, सेवा सुविधाहरूको कमी र आफू जस्तै पृष्ठभूमिका मानिसहरू सँग सम्पर्कमा रहन सीमित अवसरहरू हुनुलाई नयाँ आप्रवासीहरूले अस्ट्रेलियाका प्रमुख सहरहरू भन्दा बाहिर जान इच्छा नराखेको देखाएको छ।
गृह मामिला विभागको तथ्याङ्कले सिड्नी र मेलबर्न बाहिर बस्ने नयाँ आप्रवासीहरू ८ मध्ये १ जना मात्र भएको देखाउँदा यी दुई सहरहरूमा जनसङ्ख्याको चाप बढ्ने अवस्थालाई लिएर चिन्ता व्यक्त गरिएको छ।

सेन्ट्रल क्विन्सल्याण्ड विश्वविद्ध्यालयको अध्ययनले सङ्घीय तथा राज्य सरकारले र जातीय-समुदाय समूहहरू सँग मिलेर नयाँ आप्रवासीहरूलाई ग्रामीण क्षेत्रमा बसोबास गर्न प्रोत्साहित गर्न नयाँ योजनाका साथ काम गर्नु पर्ने जनाएको छ।
उक्त अध्ययन क्विन्सल्याण्डको ग्रामीणमा यो अवस्थाले पार्ने प्रभावबारे केन्द्रित भएता पनि उप-लेखक तथा रोजगारी तथा मानव संसाधनका प्रोफेसर जुलिएन टाईशर यसलाई राष्ट्रिय समस्या बताउँछन्।
सेवा सुविधाको कमी मात्र यसको कारण होइन, तर सरकारहरूले पनि मानिसहरूलाई बसोबास गराउन प्रमुख सहरहरूमा सजिलो हुने र उनीहरूले चाहेको जस्तो सुविधा पनि त्यही उपलब्ध हुने सोचाइ राखेका छन्।
त्यसैले यो एउटा सहजताको लागि भइरहेको छ, 'अँ उनीहरूलाई मुख्य सहरहरूमा बसोबास गराउन सहज हुन्छ र पछि उनीहरूलाई ग्रामीण क्षेत्रमा पठाउँला तर यसरी सोचेको जस्तो त हुँदैन नि।"
सरकारको आँकडा अनुसार, २०१६-१७ मा १ लाख २० हजार सिप भएका आप्रवासीहरू अस्ट्रेलिया आएकोमा १० हजार भन्दा केही बढी सङ्ख्याले मात्र ग्रामीण स्पोन्सरड आप्रवासी व्यवस्था अन्तर्गत रहेका थिए।
ग्रामीण क्षेत्रमा रहेको सङ्ख्याले त्यहाँको माग धान्न सकिरहेको छैन, रिपोर्टका अनुसार रोजगारदाता हरू कामदारहरूको परिपूर्ति गर्न ब्याकप्याकर, घुम्न आउने तथा मौसमी कामदारका रूपमा प्यासिफिक आइल्याण्ड बाट आएका लगायत अस्थायी विदेशी आप्रवासीहरूमा धेरै आश्रित रहेका छन्।

प्रोफेसर टाईशर यो समस्याको जड भनेको मानिसहरूमा ठुला सहर बाहिरका स्थानहरूको जीवन शैलीलाई लिएर रहेको पूर्व मानसिकता हो भन्छन्।
उनी भन्छन् त्यो विचार केही स्थानहरूका हकमा सही हो तर अन्य धरै स्थानहरूमा त्यस्तो अवस्था छैन।
अध्ययनले सामान्यतया ग्रामीण क्षेत्रको जीवनयापनलाई लिएर देखिने सोचाइहरू मध्ये सामाजिक एक्लोपन, रूखो व्यवहारहरू, शिक्षामा पहुँच नहुने, कमजोर फोन तथा इन्टरनेट पूर्वाधार हरू रहेको जनाएको छ।
रिपोर्टले आगामी दिनहरूमा हुने अध्ययनहरूले आप्रवासी रहेको समुदायका नेताहरूबाट आप्रवासीहरूलाई ग्रामीण समुदायसँग तालमेल बनाउने र रोजगारदाताहरुलाई बसाइसराइलाई प्रोत्साहन दिन सकिन्छ भन्ने बारे के गर्न सकिन्छ भन्ने विषय समेट्नु पर्ने सुझाव दिएको छ।
अन्य सुझावहरूमा सांस्कृतिक गतिविधिहरूको आयोजना तथा आप्रवासी र उनीहरूका बालबच्चालाई सीमित अवसरबारेको चिन्ता हटाउन समन्वयकारी सहजीकरण कार्यक्रमहरूको आयोजना गरिनु पर्ने उल्लेख गरिएको छ।
साथै उक्त रिपोर्टमा साथी तथा नातेदारहरू जो पहिले देखि नै अस्ट्रेलियामा बसोबास गरिरहेका छन् उनीहरूले सानै समूहलाई भए पनि कुनै निश्चित स्थानमा जान प्रोत्साहित गर्न सक्छन् भनिएको छ।

भिक्टोरियाको उत्तर तर्फको सानो सहर पिरामिड हिल त्यसको उदाहरण हो जहाँ आप्रवासीहरूलाई आकर्षित गर्नुका साथै समुदायमा मिलेर बसोबास गराउन सफल भएको छ।
झन्डै सयको सङ्ख्यामा फिलिपिनोहरूले बसोबास गरेर उक्त स्थानको २५ प्रतिशत जनसङ्ख्याको हिस्स बोकेको छ।
जहाँ धेरैले सोही स्थानको कृषि पेसामा काम गर्दै आएका छन्। धेरै कामदारहरू सो स्थानमा बोलिबाट नै आकर्षित भएर आएका पाइएको छ।
