Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अमेरिकी सैन्य हिंसा रोक्न व्यापाक परिचालनको लागि तयार

एक अश्वेत पुरुषको घाँटिमाथि ९ मिनेटसम्म घुँडा राखेर ज्यान लिएको आरोप लागेका प्रहरिमाथि गंभीर मुद्दा शुरु भए पनि, अमेरिकाभरि दन्केको विरोधको नियन्त्रणका लागि राष्ट्रपति डोनाल्ड ट्रम्पले सैन्य परिचालनको आदेश दिएका छन्।

A protester looks on at a burning building in Minneapolis, early Saturday, May 30, 2020, amid protests against the death of George Floyd in police custody on Memorial Day. (Khadejeh Nikouyeh/News & Record via AP)
A protester looks on at a burning building in Minneapolis. Source: AAP

अमेरिकाको मिनियापोलस शहर लगातय विभिन्न स्थानहरुमा विरोध प्रदर्शनले हिंसात्मक रुप लिएपछि, अमेरिकी राष्ट्रपति  ट्रम्पले अमेरिकी सैन्यलाई आवश्यक्ता परे परिचालित हुन आदेश दिएका छन्। 

मिनिसोटा राज्यमा जोर्ज फ्लोयड नाम गरेका एक काला पुरुष त्यहाँको स्थानिय प्रहरिबाट मारिए पछि देश भरि काला विरुध्द रंगभेदि व्यवहार भएका भन्दै विरोध प्रदर्शन बढ्दै गएको छ।

US President DonaldUS President Donald Trump says he is going to strip Hong Kong of its special status.  Trump.
US President Donald Trump has the power to deploy the military. Source: SIPA USA POOL

समाचारहरु का अनुसार, कम्तिमा पनि २० अमेरिकी शहरहरुमा विरोध प्रदर्शनको क्रममा हिंसा भड्केको थियो। यसको लगत्तै राष्ट्रपति ट्रम्पले सैन्य परिचालनको आदेश दिएका हुन्। 

यसअघि, अमेरिकामा सन् १९९२ मा यसरी देशभित्रै हिंसा रोक्न सैन्य परिचालन गरिएको थियो। त्यसबखत एक काला व्यक्तिलाई जथाभावी कुट्ने प्रहरि अधिकारि निर्दोष ठानिएपछि- त्यसको विरोध भएको थियो।

मिनियापोलसमा फ्लोयडलाई पक्राउ गर्ने प्रहरिले उनको घाँटिमा आफ्नो घुँडा नौ मिनेटसम्म राखि च्यापेका थिए। त्यस घटनाको सार्वजनिक भएको भिडियोमा फ्लोयडले आफूलाई श्वास फेर्न गाह्रो भएको बताका थिए। पछि उनको मृत्यु भएको थियो।

उक्त शहर हाल कर्फ्युमा रहे पनि, गत चार दिन देखि मानिसहरु आदेश तोड्दै प्रदर्शन  गरिरहेका छन्। यसैबिच, विरोध प्रदर्शनको क्रममा, डेट्रोयट शहरमा प्रदर्शनको क्रममा एक उन्नाईस बर्षीय किशोरको गोली लागि निधन भएको छ। एक गाडीभित्रबाट उनलाई गोली प्रहार गरिएको समाचारमा जनाईएको छ। 

मिनिसोटामा भने त्यहाँको प्रहरिले फ्लोयडको घाँटिमा घुँडा राख्ने अधिकारिमाथि ज्यानको मुद्दा लगाएको छ। तर प्रदर्शनकारीहरुले सबै संलग्न प्रहरिलाई कारवाही हुनु पर्ने माग गरेका छन्।

US Secret Service form a line outside the White House as protestors attempt to breach their barricade
US Secret Service form a line outside the White House as protestors attempt to breach their barricade Source: AAP

अमेरिकाबाट प्राप्त समाचारहरुका अनुसार न्युयोर्क, लस एन्जिलिस, डेनभर, ह्युसटन, एटलान्टा, केन्टकी लगायतका स्थानहरुमा लगातार रुपमा निकै ठूलो प्रदर्शनहरु भएको छ।

अमेरिकी राष्ट्रपति निवास वाईट हाउस अगाडि पनि ठूलो प्रदर्शन भएको थियो, जसलाई त्यहाँको सुरक्षा बलले तितर-बितर पारेको थियो। एटलान्टामा रहेको समाचार-संस्था सिएनएनको मुख्यालयमा पनि प्रदर्शनकारीहरुले तोड-फोड गरेका थिए। 

एटलान्टाकी मेयर किसा ल्यान्स बट्म्सले हिंसा विरोधको बाटो नभएको बताउँदै प्रदर्शनकारीहरु समक्ष अपील गरेकी छिन्। 

“विरोधको क्रममा हिंसा भड्काउनु भनेको मारिएका जोर्ज फ्लोयडको बदनाम गरिनु हो, हाम्रो शहरको ईज्जत जानु हो,” भन्दै उनले सबैजनालाई शान्तिपूर्ण तरिकाले यो लडाई लड्न आग्रह गरेकी छिन्।

 


2 min read

Published

Updated

By Bethan Smoleniec

Presented by SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now