SKIP TO MAIN CONTENT

खुशीयालीलाई अनन्तकालसम्म जीवन्त राख्ने अभियानमा नेपाली चेली साक्षी यादव

बीरगंज, पर्साकी साक्षी यादव अहिले मेलबर्नमा बस्दछिन् र उनी आफ्नो संस्कृतिको अभिन्न अङ्गको रुपमा रहेको मिथिला कलालाई अस्ट्रेलियामा चिनाउने अभियानमा लागिपरेकी छिन्।

Shakshi Yadav with her Mithila art
Shakshi Yadav with her Mithila art Source: SBS Nepali (Rajish Aryal)

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

आफुसँग भएको शिप प्रयोग गरेर आफ्नो धरोहरका रुपमा रहेको मिथिला चित्रकलालाई अस्ट्रेलियामा प्रवर्धन गर्ने सोच कलाकार साक्षी यादवको रहेको छ। 

यदि एकैजना मात्रले पनि यो के हो भनेर सोधे आफ्नो संस्कृतिको प्रचार गर्न मनग्ग्य मौका पाइने धारणा उनी राख्छिन्।

"नेपाल तथा भारतमा बस्ने प्रायजसो मानिसहरुलाई मिथिला कलाको बारेमा केही न केही त अवस्य थाहा हुन्छ। केही अपवादको कुरा नगर्ने हो भने सबैले यस्तो चित्रकलालाई देखेकै छन्। म चाहिँ अस्ट्रेलियामा बसोबास गर्ने अन्य समुदायका मानिसहरुले पनि यसबारे जानकारी राखुन भन्ने चाहान्छु", उनले भनिन्।

आफ्नो स्कुले जीवनको क्रममा आयोजना भएको एक सांस्कृतिक कार्यक्रममा यादवले पहिलो चोटी संस्कृतिको यो पाटोलाई नजिकबाट नियाल्ने मौका प्राप्त गरेको कुरा एसबीएस नेपालीलाई बताईन् ।

"म स्कुलमा हुँदा सांस्कृतिक कार्यक्रमहरु भईरहन्थ्यो र त्यस्तै एक बेला मैले मिथिला कलालाई नजिकैबाट बुझ्ने मौका पाएँ। मैले पनि यो अद्भुत एवं पौराणिककालदेखि हाम्रो संस्कृतिमा रहेको परम्परागत चित्रकला सिक्नुपर्छ भनेर मनमा हुटहटी भयो र सिकाई दिंने गुरु-गुरुमा खोजें", उनले भनिन्।

Artist Shakshi Yadav
Source: SBS Nepali

"यो कला त हस्तलेखन जस्तै हो। जसरी अलि अगिको समयसम्म मसीमा कलम चोपेर लेख्ने चलन थियो, मैथिली चित्रहरु बनाउँदा पनि त्यस्तै हो", उनले अगाडी भनिन्।

आफ्नो कलालाई अझ धेरै मानिसहरुले हेरुन र मिथिला संस्कृतिको व्यापक प्रचार होस् भन्ने हेतुले साक्षी आफुले बनाउने कलामा परम्परागत शैलीसँग आधुनिकताका प्रतिकहरु जोड्ने गर्दछिन्।

"आधुनिकता र परम्परागत शैली जोडेर चित्रहरु कोर्दा धेरै मानिसहरुलाई समेट्न सजिलो हुन्छ", यादव भन्छिन्।

मिथिला कलाले बिशेषत मैथिली संस्कारमा हुने रमाईलो चाडपर्व तथा विवाह जस्ता उत्सवलाई सजिव चित्रण गर्ने गर्दछ।

"यो एक खुशीयाली पोख्ने माध्यम हो - बिहे, चाडपर्व अनि अरु उत्सवलाई अनन्तकालसम्म जीवन्त राक्ने अचुक उपाय!", हामीसँग छुट्टिनु अगि उनले थप्न भ्याईन्।

पूर्वी नेपालको दक्षिणी भेग तथा त्यसैसँग जोडिएका भारतीय राज्य बिहारका केही जिल्लाहरुमा, परापुर्व कालदेखि विशेष गरी गृहिणीहरुद्वारा परम्परागत रुपमा राता माटाका घरमा बिभिन्न रंगहरुको समिश्रणमा अनगिन्ती रेखाहरु लगातार कोरेर गरिने मिथिला कला संसारमै अलौकिक मानिन्छन्।

अस्ट्रेलियन आदिवासीहरुले गर्ने चित्रकलासँग केही हदसम्म मेल खाने मिथिला चित्रकला कला, मधुवनी कला भनेर पनि परिचित छ।

यो पनि हेर्नुहोस्:

Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now