Watch FIFA World Cup 2026™

LIVE, FREE and EXCLUSIVE

अस्ट्रेलियाको उत्तरी क्षेत्रमा मनसुनी प्रभाव; दक्षिणमा भने तातो मौसम

यो अस्ट्रेलियाको बाढी र मौसम सम्बन्धी पछिल्लो अपडेट हो।

HOT WEATHER AUSTRALIA

Beachgoers at St. Kilda beach in Melbourne. (file) Source: AAP / JULIAN SMITH/AAPIMAGE

मौसम विज्ञान विभागले उत्तरी अस्ट्रेलियामा मनसुन सक्रिय रहेको बताएको छ।

यसको मतलब क्वीन्सल्याण्डका केही भाग, वेर्स्टन अस्ट्रेलिया र नदर्न टेरीटरीका सबै भागमा मनसुन आएको छ।

ब्युरोका अनुसार “उत्तरी अस्ट्रेलियामा वर्षा र चिसो वातावरणकासंगै #मनसुन आएको छ”

उत्तरी अस्ट्रेलियामा मनसुनको समय डिसेम्बरदेखि मार्चसम्म भएता पनि केही महिना ढिलासम्म जान सक्छ।

वेदरजोन नामक मौसम सम्बन्धी एक निजी कम्पनीका अनुसार दक्षिणी अस्ट्रेलियाको चिसो मौसम बिस्तारै हट्दै जानेछ र क्रिसमस पछि साउथ अस्ट्रेलिया, भिक्टोरिया र टास्मेनियामा निकै गर्मी महसुस हुन थाल्नेछ।

मौसम विभागका अनुसार न्यु साउथ वेल्सका र भिक्टोरियाको मर्रे नदी क्षेत्र इस्टन, मिल्दुरा र वेन्टवर्थ, मौलामे,बर्हाम, वकुल जङ्गसन् र बन्ड्री बेन्डमा सामान्यदेखि ठुलो खालको बाढी आउने सम्भावना रहेको छ।

  • रेनमार्कमा: २१ देखि २८ डिसेम्बरकाबीच
  • बेरीमा: २२ देखि २ जनवरी
  • वेकीरीमा: २९देखि ९ जनवरी
  • स्वान रिचमा: २देखि १३ जनवरी
  • मर्रे ब्रिजमा: ३ देखि १४ जनवरी

मौसम विभागबाट पछिल्लो जानकारी पाउन यहाँ थिच्नुहोस्

राज्य आपत्कालिन सेवाहरूबाट पछिल्लो जानकारी लिन आफ्नो राज्यको नाममा थिच्नुहोस्ः

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


2 min read

Published

Presented by Krishna Pokhrel

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now