SKIP TO MAIN CONTENT

कर फिर्ता पाउने लोभमा झूठो र गलत खर्च दावी

बढी कर फिर्ता हुन्छ भन्ने लोभमा परि यदि तपाई पनि ट्याक्स रिटर्नको क्रममा झूठो दावी गर्दै हुनुहुन्छ भने, कर कार्यलयबाट तपाईलाई एक सन्देश छ- गलत काम नगर्नुहोस्।

Reading glasses is featured alongside a Macintosh keyboard and office supplies in a stock image in Sydney, Wednesday, Jan. 13, 2016. (AAP Image/Sam Mooy) NO ARCHIVING
Source: AAP

1 min read

Published

Updated

By Tara Cosoleto, Virginia Langeberg



Skip to article content

यस बर्ष अस्ट्रेलियाको कर कार्यलयले, लेखा नियन्त्रणको लागि पहिलेका भन्दा तेब्बर बढी ट्याक्स रिटर्नहरुको समीक्षा गर्ने भएको छ।

धेरै मानिसहरुले गलत वा जानाजान बढी कर फिर्ता हुने लोभका कारण काम वा भाडामा दिईएका घरसम्बन्धमा चाहिनेभन्दा बढी खर्च दावी गरेको पाईएको छ।

बुझाईएका ट्याक्स रिटर्नमध्ये करिब ६ प्रतिशतमा खर्च बढाई दावी गरिएको पछिल्ला बर्षहरुमा पाईएको थियो। यसका कारण सरकारले बर्षेनि झण्डै साढे आठ अर्ब गुमाउने गरेको छ।

आश्चर्यको कुरा त के भने, आफैले गरेको भन्दा कर सम्बन्धिका एजेन्टहरुबाट गरिएको ट्याक्स रिटर्नमा यस्तो गल्तिहरु देखिएको छ। यसरी राजस्व चुहावट भएकाले सरकारले ट्याक्स रिटर्नसम्बन्धमा थप लेखा नियन्त्रण गर्ने जानकारी दिएको हो।

कर कार्यलायका अधिकारीहरुले गत आर्थिक बर्षको ट्याक्स रिटर्न गर्ने समयमा सहि खर्च दाबी गर्न सबैलाई प्रोत्साहित गरेको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now