घरेलु हिंसाका पीडितलाई बिदाको सुविधा प्रदान गर्दै थप रोजगारदाता

लैङ्गिक समानता बारे मङ्गलवार जारी एक नतिजा पत्रको अनुसार धेरै रोजगारदाताले घरेलु हिंसाका विरुद्ध आवश्यक कदमहरू चाल्न सुरु गरेका छन्।

A nova lei proposta por NSW tem o potencial de mudar a vida de centenas de pessoas, já que a violência doméstica é um fenómeno social marcante e preocupante no país

A nova lei proposta por NSW tem o potencial de mudar a vida de centenas de pessoas, já que a violência doméstica é um dos maiores problemas sociais australianos Source: Getty images

दि वर्कप्लेस जेन्डर इक्व्लिटी एजेन्सीले सार्वजनिक गरेको उक्त प्रतिवेदन अनुसार, विगत एक वर्ष यता १३ प्रतिशत थप रोजगारदाताले घरेलु हिंसा रणनीति बनाएका छन्।

त्यसै गरी, घरेलु हिंसाका पीडितलाई तलब सहितको बिदा दिने निर्णय थप २१ प्रतिशत रोजगारदाताले गरेका छन्।

महिलाहरूले पनि समान अधिकार पाउनुपर्छ भन्ने आधा शताब्दी अगाडी सुरु भएको अस्ट्रेलियाली अभियानले गर्दा नै अहिले रोजगार दाताहरूको समान आय र बराबरी तर्फ झुकाव रहेको मेलबर्न स्थित आरएमआईटी विश्वविद्यालयकी लियोनरा रिस्सको धारणा छ।

“यदि हामीले सन् १९६० र ७० को दशकलाई नजिकबाट नियाल्यौ भने उक्त समय निश्चित रूपमा सक्रियतावाद एवं नारीवादको थियो,” उनले भनिन्।

तात्त्कालिन समयमा व्यापक रूपले मानिसहरूको मानसिकतामा परिवर्तन आइरहेका कारण त्यसैको धरातलमा उभिएर समान अधिकार सम्बन्धी ठुलठुला प्रगतिहरू भएको उनको तर्क छ।

सन् १९६९ मा  गठन भएको “कमनवेल्थ कन्सिएलेशन एन्ड आर्बिट्रेसन कमिसन”ले बराबरीको काम गर्ने महिला र पुरुषलाई बराबरीको तलब भन्ने सिद्धान्त प्रतिपादन गरेको हो।


1 min read

Published

By Stephanie Corsetti



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now