SKIP TO MAIN CONTENT

कोभिड–१९ अपडेट: पूर्व प्रधानमन्त्री मोरिसनद्धारा 'गोप्य नियुक्ति'को बचाउ, राष्ट्रिय हितमा काम गरेको भनाई

यो बुधवार १७ अगस्टको कोरोनाभाइरस अपडेट हो।

SCOTT MORRISON
Former Australian prime minister Scott Morrison during a press conference at Parliament House in Canberra. (file) Source: AAP / LUKAS COCH/AAPIMAGE

2 min read

Published

Updated

Source: SBS



Skip to article content

मुख्य बुँदा:

  • पूर्व प्रधानमन्त्री स्कट मोरिसनद्धारा आफ्ना नियुक्ति कानुन सङ्गत रहेको दाबी
  • वेस्टर्न अस्ट्रेलिया सरकारले आपत्कालीन घोषणालाई नयाँ कानुनले प्रतिस्थापन गर्ने
  • अमेरिकी राष्ट्रपति पत्नी कोरोनाभाइरसबाट सङ्क्रमित

बुधवार अस्ट्रेलियामा कम्तीमा पनि ६७ जनाले कोरोनाभाइरसका कारण ज्यान गुमाएका छन्।

मृत्यु हुनेमा न्यु साउथ वेल्स राज्यका २६ जना बासिन्दा छन् भने १७ जना क्वीन्सल्याण्ड र १५ जना भिक्टोरियावासी रहेका छन्।

कोभिड-१९ सम्बन्धी अस्ट्रेलियाभरका पछिल्ला आँकडाहरूका लागि यहाँ थिच्नुहोस्

पूर्व प्रधानमन्त्री स्कट मोरिसनले कोभिड–१९ को सुरुवाती ताका आफूलाई पाँच वटा मन्त्रालयमा सयुत्त मन्त्रीका रूपमा गरेको नियुत्तीको बचाउ गरेका छन्।

उनले ती नियुत्तीहरु कानुन सङ्गत भएको र एक पटक मात्र आपत्कालीन शक्तिको प्रयोग गरेको बताएका छन्।

“मलाई विश्वास थियो कि, सङ्कटकाबिच ती आपत्कालीनशक्तिहरू राख्नु विवेकपूर्ण जिम्मेवार कार्य थियो,” उनले भने।

न्यु साउथ वेल्सको संसदीय सुनुवाइ सामु कोभिड–१९ लकडाउनका क्रममा सडकहरूमा प्रहरी र सेनाको उपस्थितिले शरणार्थी समुदायलाई त्रसित बनाएको बताइएको छ।

उक्त संसदीय सुनुवाइले पश्चिम र दक्षिण पश्चिमी सिड्नीका बासिन्दासँग कोभिड–१९ महामारीका क्रममा भएका अनुभवहरूलाई सुन्ने प्रयास गरेको छ।

यसले सांस्कृतिक र भाषिक रूपमा विविध समुदायका लागि सङ्कटमा गरिने सञ्चारलाई सुधार गर्ने लक्ष्य लिएको छ।

वेस्टर्न अस्ट्रेलियाले आपत्कालीन घोषणालाई नयाँ कानुनले प्रतिस्थापन गर्ने बताएको छ। जसले आधिकारिक रूपमा अस्पताल, वृद्ध हेरचाह केन्द्र र सार्वजनिक यातायातहरूमा मास्कको अनिवार्यतालाई कायम गर्न प्रहरीलाई अधिकार दिनेछ।

अमेरिकी 'फर्स्ट लेडी' जिल बाइडेन कोरोनाभाइरस सङ्क्रमित बनेकी छन्। उनमा हल्का लक्षण देखिएको बताइएको छ।

केही समय अघि कोरोनाभाइरस पोजेटिभ देखिएका अमेरिकी राष्ट्रपति जो बाइडेनको कोरोना जाँच रिपोर्ट भने नेगेटिभ आएको छ।

विश्व स्वास्थ्य सङ्गठनले मङ्कीपक्स भाइरसको नाम परिवर्तनका लागि थुप्रै सुझावहरू प्राप्त गरेको बताएको छ। सुझाव गरिएका केही नाम पोक्सी म्याक पक्सफेस, ट्रम्प–२२ र एमपक्स जस्ता रहेका छन्।

ऱ्यापिड एन्टीजेन परीक्षण (ऱ्याट) नतिजा दर्ता गर्न राज्यहरूले बनाएको अनलाइन फारम

विभिन्न राज्य तथा प्रदेशहरूमा हाल लागू क्वारेन्टिन नियम तथा अन्य प्रतिबन्धहरु बारे थाहा पाउन यहाँ थिच्नुहोस्

अस्ट्रेलिया आउन चाहने अन्तर्राष्ट्रिय यात्रुहरूका लागि उपलब्ध पछिल्लो आधिकारिक जानकारीका लागि यहाँ थिच्नुहोस्

कोभिड-१९ सम्बन्धि आर्थिक सहायता बारे आधिकारिक जानकारी नेपाली भाषामा पाउन यहाँ थिच्नुहोस्

६० वटाभन्दा बढी भाषामा समाचार र जानकारी यहाँ उपलब्ध छ sbs.com.au/coronavirus

प्रत्येक राज्य तथा प्रदेशमा रहेका परीक्षण क्लिनिकहरू


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now