SKIP TO MAIN CONTENT

मेलबर्नको एक निवासमा मृत फेला परेका आमा र तीन बालबालिका

मेलबर्नको टलामरीनको एक निवासमा मृत अवस्थामा फेला परेका ४ जनाको पहिचान भएको छ।

Katie Perinovic, 42, was found dead with her three children aged 3, 5, and 7 at their Tullamarine home.
Katie Perinovic, 42, was found dead with her three children aged 3, 5, and 7 at their Tullamarine home. Source: Facebook

2 min read

Published

Presented by SBS Nepali

Source: SBS News



Skip to article content

हिजो बिहीबार मेलबर्नको एउटा घरमा एउटी आमा र तीन साना बालबालिकाको शव फेला परे पछि प्रहरीलाई दिउँसो १२:२० बजे बोलाइएको थियो। उक्त घटनाको पछाडिका सम्भावित कारणहरू मध्य एउटा - आमाले बच्चाहरूको हत्या गरी आफ्नो ज्यान लिएको हुन सक्ने - प्रहरीको अनुमानमा रहेको छ, तर अनुसन्धान भने जारी नै छ।

भेटिएका तीन जना ४२ वर्षीय केटी पेरिनोभिक, उनका ३ वर्षे छोरा म्याथ्यु, र ७ र ५ वर्षे छोरीहरू क्लेयर र एना हुन्।

पेरिनोभिकका पति र बच्चाहरूका पिता ४८ वर्षीय टोमिस्लाभ पेरिनोभिकको जासुसहरूले हिजो बिहीबार राति औपचारिक रूपमा अन्तर्वार्ता लिने बताइएको थियो।

Katie Perinovic, 42, was found dead with her three children aged 3, 5, and 7 at their Tullamarine home.
Katie Perinovic, 42, was found dead with her three children aged 3, 5, and 7 at their Tullamarine home. Source: Facebook

बर्गेस स्ट्रीटमा रहेको उक्त घरमा प्रहरी आइपुगे पछि उनले घटनाका प्रारम्भिक विवरण दिएका थिए।

टोमिस्लाभ पेरिनोभिकको शरीरमा कुनै चोट पटक नभएको, र उनले आपतकालीन सेवालाई फोन गरेको बताइएको छ।

यस घटनामा उनी एक मुख्य पात्र भएको, तर मानिसहरूलाई कुनै निष्कर्ष नलिन कार्यवाहक उपायुक्त रोबर्ट हिलले बताएका छन्।

"हामीले अहिले नै उनले आफ्नो परिवारको हत्या गरेको भनेर भन्न मिल्दैन। त्यसो गरेमा, उनीमाथि अन्याय हुने छ।", उनले बताए।

"वास्तवमा के भएको थियो भनेर पत्ता लगाउन अझ धेरै अनुसन्धान गर्न बाँकी छ।"

उक्त परिवारसँग सम्बन्धित हिंसाको कुनै इतिहास छैन, र अहिलेका लागि सम्भावित हत्या-आत्माहत्याको अवस्थालाई अनुसन्धानमा समावेश गरिएको छ।

"जे पनि भएको हुन सक्छ - सम्भावनाहरू धेरै छन्।", हिलले बताए।

"र यस घटना पछाडिको एउटा कारण त्यो पनि हुन सक्छ।"

मृत आमा र उनका बच्चाहरूको शरीरमा भएका चोटहरूको बारेमा विस्तृत विवरण भने हिलले दिएनन्।

"कुनै पनि घटनामा कसैको ज्यान जानु निकै नै दुखको कुरा हो।", उनी बताउँछन्।

"त्यस माथि, जब बालबालिका पनि त्यसमा पर्दछन्, त्यो झनै दुखद हुन पुग्दछ।"

Forensic officers are seen at work at a crime scene in Tullamarine.
Forensic officers are seen at work at a crime scene in Tullamarine. Source: AAP

प्रहरी, जासुसहरू र फोरेन्सिक अन्वेषकहरू बिहीबार साँझ भर घटना स्थलमा रही अनुसन्धान जारी राख्ने बताइएको थियो।

हत्याको पछाडि अन्य कुनै व्यक्ति माथि आरोप लागेको छैन, अरू कसैको खोजी गरिएको छैन, र यसले समुदायमा कुनै जोखिम उत्पन्न गरेको छैन।

घटना सम्बन्धी अहिले कुनै पनि निष्कर्ष लिन नसकिने, अन्यथा यसले स्थानीय समुदायमा लामो समयसम्म प्रभाव पार्ने उनले हिलले बताएका छन्।

"कसैको ज्यान जानु निकै दुखद कुरा हो। तर यस हप्ता निकै नै भयानक अवस्थामा बालबालिकाको पनि ज्यान गएको यो दोस्रो घटना हो - र यसले अवश्य समुदायलाई असर गर्दछ।", उनले भने।

केही दिन अघि मात्र दक्षिण पूर्वी सबर्ब ग्लेन वेभरलीको एक घरमा भएको आगलागीका कारण एक महिला र तीन बालबालिकाको ज्यान गएको थियो।

यदि तपाई कुनै मानसिक स्वास्थ्यको समस्या भोगिरहनु भएको छ भने यी सेवाहरूलाई सम्पर्क गर्न सक्नु हुन्छ - Lifeline: 13 11 14, Suicide Call Back Service: 1300 659 467 र ५ वर्ष देखि २५ वर्षका व्यक्तिहरूको लागि Kids Helpline: 1800 55 1800

थप जानकारीका लागि BeyondBlue.org.au तथा lifeline.org.au मा जानुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now