विश्व कीर्तिमानी आरोही निर्मल पुर्जाले नेपालको आमादब्लम हिमालको चुचुरोमा कुवेतको एउटा ठूलो झण्डा राखे पछि उनको उक्त कदम प्रति विवाद सुरु भएको छ।
गए महिना विश्वभर रहेका आठ हजार मिटर भन्दा बढी उचाइका चौद ओटा हिमालहरुको छ महिना भित्रै सफल आरोहण गर्दै पुर्जाले विश्व कीर्तिमान बनाएका थिए।
नेपालमा जन्मिएका र ब्रिटिश सेनाका पुर्व सदस्य पनि पुर्जाले एक सय मिटर लम्बाई र तीस मिटर चौडाई रहेको भनिएको कुवेतको झन्डा प्रयोग गरिएपछि उनको व्यापक आलोचना भएका छन्।
गत नभेम्बर १६ मा सामाजिक संजालमा एक भिडियो सार्वजनिक गर्दै उनले "कुवेतको राष्ट्रिय दिवस मनाउन आफ्नो साथीहरुलाई सहयोग गरेको" भनि बताएका थिए।
तर निर्मल पुर्जाको उक्त कदम पछि उनका आलोचक र समर्थकहरुले पनि सामाजिक संजाल मार्फत आफ्ना विचार व्यक्त गरेका छन्। एक व्यक्तिले आमा सरह रहेको हिमाललाई विदेशी झण्डाले ढाकिएको आफुले कहिले हेर्न नचाहेको बताएका थिए।
निर्मल पुर्जाले चाहिं आफ्ना आलोचकहरुलाई सकारात्मक सोच राख्न आग्रह गर्दै आफ्नो कदमको बचाउ गरेका छन्। मानिसहरुले आजकल धेरै कुरा नबुझी प्रतिक्रिया दिने गरेको भन्दै "कम जानकारी खतर्नाक रहेको" जोड दिए।

आफ्नो पछिल्लो पहलले शेर्पा गाइड, शिविर कर्मचारी र भरियाहरु गरि ४० भन्दा बढी नेपालीहरुलाई रोजगारी प्रदान गरेको पुर्जाले बताए।
साथै युरोपेली वा पश्चिमी राष्ट्रका आरोहण नेतृत्व वा निकायहरु समान वा उनीहरुले भन्दा राम्रो काम नेपालीहरुले पनि गर्नसक्ने पनि आफ्नो कामले देखाउने उनको भनाइ छ।
नेपाल भ्रमण वर्ष २०२० को लागि प्रचार गर्न पनि आफ्नो कदमले सहयोग गर्ने पुर्जाले जोड दिए।
तर ठुलो झण्डा प्रयोग गरिए बापत उनले माफी मागेता पनि अरुले जस्तो हिमालमा आफुहरुले कहिँ पनि नछाडेको सामाजिक संजाल मार्फत प्रकाशित एक विज्ञप्तिमा बताएका छन्।
निर्मल पुर्जाकि एक समर्थकको भनाइ पनि त्यस्तै रहेको थियो।
साजाल प्रधानले प्रश्न गरेकी छन् कि "मानिसहरु किन झण्डाको आकार बाट अपमानित भएका हुन्?"
यस वर्षको सुरुमा सगरमाथाको आरोहणका लागि पर्वतारोहीहरुको लामो लाइन देखाउने निर्मल पुर्जा द्वारा खिचिएको फोटो भाइरल भएको थियो।

