SKIP TO MAIN CONTENT

कोभिड–१९ का कारण न्यु साउथ वेल्समा एकको मृत्यु, ७७ जनामा सङ्क्रमण पुष्टि

गएको २४ घण्टामा ७७ जना नया सङ्क्रमित थपिएको न्यु साउथ वेल्समा कोरोना संक्मणका कारण एक जनाको ज्यान गएको छ ।

Greater Sydney has entered its third week of lockdown as COVID-19 cases continue to rise.
Greater Sydney has entered its third week of lockdown as COVID-19 cases continue to rise. Source: AAP

2 min read

Published

By SBS News

Source: SBS



Skip to article content

आइतबार नयाँ थपिएका सङ्क्रमितका बारेमा जानकारी दिँदै राज्यकी प्रिमीयर ग्लेडीज बेरीजीक्लीयनले आगामी दिनहरुम अवस्था “झनै खराब” हुने चेतावनी दिएकी छन् ।

सिड्नीको दक्षिण पश्चिममा यस अघि पुष्टि भएका सङ्क्रमितको नजिकको सम्पर्कमा रहेकी ९० वर्ष उमेर समूहकी महिलाको लिभरपुल स्थित अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।

शुक्रवार उनको कोरोना रिपोट पोजेटिभ पाइएको थियो ।

प्रिमीयर ग्लेडीज बेरीजिक्लियनले मृत्यु भएकी महिला परिवारकै सदस्य बाट सङ्क्रमित बनेको जानकारी दिइन् ।

“दुखको कुरा,हामीले एक वृद्ध व्यक्तिको मृत्यु भएको देखेका छौ,म उनको परिवार र प्रियजनप्रति गहिरो समवेदना प्रकट गर्न चाहन्छु ” प्रिमीयरले भनिन् ।

सोमबार नयाँ केशहरूको सङ्ख्या एक सय भन्दा बढी हुने अनुमान पनि उनले गरेकी छन् ।

“आगामी दिनमा केश लोड आज हामीले देखेको भन्दा निकै बढी हुनेछ” उनले भनिन् ।

अधिकास नयाँ फेला परेका केश दक्षिण पश्चिमी सिड्नीमा रहेको र त्यहाँ प्रहरीको उपस्थिति पछि आफ्नो आलोचना भएको पनि उनले बताएकी छन् ।

न्यु साउथ वेल्सकी स्वास्थ्य प्रमुख केरी च्यान्टले ७७ नयाँ केश मध्ये ५० जना पारिवारिक सदस्यबाट नै संक्मीत बनेको बताइन् ।

हाल ५२ जना कोरोना सङ्क्रमित अस्पतालमा रहेका र त्यस मध्ये १५ जना सघन उपचार कक्षमा रहेको र ५ जना भने भेन्टिलेटरमा रहेको बताईको छ ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now