SKIP TO MAIN CONTENT

इचुका नजिक मर्री नदिमा पानीको बहाव बढ्यो

यो अस्ट्रेलियाको बाढी सम्बन्धी पछिल्लो अपडेट हो।

VIC FLOODS
Volunteers help clear flood damage from the Rochester Senior Citizens Opportunity Shop on Sunday. Source: AAP / BRENDAN MCCARTHY/AAPIMAGE

2 min read

Published

Source: SBS



Skip to article content

Key Points

  • टरमब्यारी र बार्माह क्षेत्रमा बाढीको प्रभाव अझै बढ्न सक्ने
  • न्यु साउथ वेल्सका प्रिमीयर बाढीले क्षति पुर्‍याएको स्थानको भ्रमणमा निस्किए

भिक्टोरियाका आपतकालिन व्यवस्थापनका कमिस्नर एन्ड्रु क्रिस्पले इचुका नजिक मर्री नदिको बहाव बढेर ९४.९ मिटर पुगेको बताएका छन्।

“इचुकामा पानीको मात्रा कम्तीमा पनि एक हप्ता जोखिमयुक्त अवस्थामा रहनेछ,” उनले भने।

अधिकारीहरूले इचुकाबाट पानी बग्न थालेकाले स्वान हिल र मिल्दुरा क्षेत्रमा यसको प्रभाव पर्न सक्ने बताएका छन्।

मौसम विज्ञान विभागले टरमब्यारी र बार्माह क्षेत्रमा बाढीले अझै बढी प्रभाव पार्ने पनि चेतावनी दिएका छन्।

बाढीको जोखिम रहेका क्षेत्रका लागि 'हेर र प्रतिक्रिया जनाउ' भन्ने आदेशहरू जारी गरिएका छन्।

यस हप्ता थप वर्षाको सम्भावना रहेकाले मर्री नदीको बहाव झनै बढ्न सक्ने चेतावनी दिइएको छ।

यसै गरी न्यु साउथ वेल्सका मोरी, डब्बो, मुड्गी, माओमा लगायतका क्षेत्रमा १३० वटा अपातकालिन चेतावनी जारी गरिएको छ भने २४ वटा स्थानलाई खालि गर्ने आदेशहरू जारी गरिएका छन्।

यसै गरी न्यु साउथ वेल्सको आपतकालिन सेवा विभागले बम्बोला नदिमा बहाव बढेकाले बम्बोला क्याराभान पार्कमा मध्यम खालको बाढी आउन सक्ने भन्दै सो क्षेत्र खाली गर्न आदेश दिएको छ।

नारावी क्षेत्रमा बसोबास गर्ने मानिसहरूलाई पनि यस्तै खाले चेतावनी जारी भएका छन्।

यता नाराबी क्रिकमा पनि पानीको बहाव ७.४० मिटरसम्म पुग्ने बताइएको छ।

यसै गरी लिसमोर क्षेत्रका विल्सन नदिमा मङ्गलवार र बुधवारका दिन बहाव थोरै बढ्न सक्ने भएकाले सतर्क रहन र सूचनाहरूमा पहुँच राख्न अनुरोध गरिएको छ।

मौसम विभागले ग्वादीर, मेही, नामोइ, मक्वरी, बोगान, ल्याचल्यान, मरुमबिड्गी, मर्री र डार्लिङ नदिका लागि बाढीको उच्च खतरा रहेको चेतावनी जारी गरेको छ।

अर्को हप्ताको मध्यबाट मौसम सुधार हुने मौसम विभागको भनाई छ।

यद्यपि भिक्टोरिया, टास्मेनिया, दक्षिणी न्यु साउथ वेल्समा भने बुधवार र बिहीबार वर्षा हुन सक्ने पूर्वानुमान गरेको छ।

टास्मेनियामा भने भारी वर्षाको सम्भावना रहेको मौसम विभागको भनाई छ।

पछिल्लो मौसमी पूर्वानुमान तथा जानकारीका लागि मौसम विभागको वेबसाइट हेर्नुहोस्।

आपतकालिन अवस्थाबारे आधिकारिक रूपमा अद्यावधिक रहन न्यु साउथ वेल्स

एवं भिक्टोरियाली एसईएसको वेबसाइटहरू हेर्नुहोस्।

ज्यानै जाने खतरापूर्ण अवस्थामा हुनुहुन्छ भने ट्रिपल जिरोलाई ००० मा फोन गर्नुहोस्। आँधी, हुरी बतास, असिना वा ढलेको रूखबाट प्रभावित हुनुभएको छ भने न्यु साउथ वेल्स वा भिक्टोरियाली एसईएसलाई क्रमशः १३२ ५०० वा १८०० २२६ २२६ मा फोन गर्नुहोस्।

दोभासेको आवश्यकता पर्छ भने ट्रान्सलेटिङ एन्ड इन्टरप्रेटिङ सर्भिसलाई १३१ ४५० मा बिना कुनै शुल्क फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।

कान सुन्न गाह्रो छ वा सुन्ने शक्ति अति नै कम भएको छ अथवा बोलाई अस्पष्ट छ भने नेश्नल रिले सर्भिसलाई १८०० ५५५ ६७७ मा फोन गरेर भिक् इमर्जेन्सी हटलाइनमा सम्पर्क गरिदिन भन्नुहोस्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now