SKIP TO MAIN CONTENT

म्यानमारकी नेत्री आङ सान सु ची र वरिष्ठ सत्ताधारी पार्टी सदस्यहरु सैन्य हिरासतमा

आङ सान सु ची लगायत म्यानमारका राजनीतिक नेताहरु सैन्य कारवाही पछि हिरासतमा राखिएको उनको पार्टी प्रवक्ताले बताएका छन्।

A file photo of Aung San Suu Kyi
A file photo of Aung San Suu Kyi Source: AAP

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS News



Skip to article content

म्यानमार कि नेत्री आङ सान सु ची र उनको सत्ताधारी पार्टीका अन्य वरिष्ठ राजनीतिज्ञहरुलाई सेना द्वारा हिरासतमा लिइएको न्याशनल लीग फर डेमोक्रेसीका प्रबक्ताले बताएका छन्।

सोमबार बिहान सैनिकहरु द्वारा सु चीका साथै राष्ट्रपती विन माईन्ट र अन्य नेताहरुलाई "लागिएको" भनि सत्ताधारी पार्टीका प्रबक्ता मियो न्युन्टले फोन मार्फत रोइटर्स समाचार संस्थालाई बताए।

म्यानमारमा गत नभेम्बर महिना भएको आम निर्वाचनमा आङ सान सु ची नेतृत्व एनएलडी द्वारा अत्यधिक बहुमतमा साथ् जीत हातपारेको बताइएता पनि उक्त राष्ट्रका सैनिक अधिकारीहरुले चाहिं चुनावमा व्यापक धाँधली भएको आरोप लगाउदै आएका थिए।

सेनाको उक्त दाबीका माँझ गत केहि दिन यता शक्तिशाली रहेको सेना र जन सरकार बीचको सम्बन्ध चिसिदै गएको बताइएको छ।

यसैक्रममा एनडीएस प्रबक्ताले चाहिं सेनाको पछिल्लो कदम विरुद्ध "नसोचिकन कुनै कदम नचाल्न" आफ्ना समर्थकहरुलाई आग्रह गरेका छन्। साथै मानिसहरुले "कानून बमिजोम काम गर्नुपर्ने" आग्रह पनि प्रबक्ता न्युन्टले गरे।

हाल म्यानमारमा रहेका नेपाली पत्रकार दिपक भट्टराईले सामाजिक संजालमा देशको पछिल्लो राजनीतिक अवस्थाबारे लेखेका छन्।

"बर्मामा सेनाले जन निर्वाचित राष्ट्रपति, मन्त्री, मुख्यमन्त्री र सांसदलाई नियन्त्रणमा लिएपछि सबै संचार सम्पर्क विच्छेद भएको छ।"

सेनाले राति २ बजेदेखि नेताहरूलाई नियन्त्रणमा लिन थालेको अहिले पनि जारी छ। नेपालमा राजाको माघ १९ को कदम भोगेको थिएँ अहिले यहाँको अवस्था ठ्याक्कै त्यस्तै छ।", उनले भने।

Supporters of National League for Democracy party, led by Myanmar State Counsellor Aung San Suu Kyi, celebrate their election victory.
Supporters of National League for Democracy party, led by Myanmar State Counsellor Aung San Suu Kyi, celebrate their election victory. Source: EPA

गत मंगलबार देशको सेनाले सत्ता कब्जा गर्नसक्ने सम्भावनालाई असुइकार गर्न एक सैन्य प्रबक्ताले नमानेको एक दिन पछि, म्यानमारको सबै भन्दा शक्तिशाली व्यक्ति मानिएको, वर्तमान सेना प्रमुखले "केहि विशेष परिस्थिति" मा सन् २००८ सालमा सैन्य निर्देशनमा तयार पारिएको संबिधान उल्ट्याउन सकिने भनि बताएका थिए।

जेनेरल मिन आङ ह्लेंगको उक्त भनाइलाई सेना द्वारा संचालित एक अंग्रेजी पत्रिकामा पनि छापिएको थियो।

त्यसको एक दिन पछि सेना द्वारा आफ्ना प्रधान सेनापतीको भनाइलाई गलत रूपमा प्रचार गरिएको बताइएता पनि, सेना द्वारा पुनः सत्ता कब्जा गर्नसक्ने भयबारे चाहिं केहि बताइएको थिएन।

४९ वर्षे पूर्ण शैन्य शाशनबाट एक दशक अगाडी मात्र आम निर्वाचनका साथ् सरकार स्थापना भएको म्यानमारको पछिल्लो बिकासबारे अन्तर्राष्ट्रिय स्तरबाट पनि चिन्ता व्यक्त गरिएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now