नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सिआइबी)ले बैंकको एटीएम चलाउने सम्पूर्ण ग्राहकलाई तत्काल पिनकोड परिवर्तन गर्न आग्रह गरेको छ । अर्काको पिन र पासवर्ड चोरी गरी नेपाली एटीएम बुथबाट पैसा निकाल्ने अन्तर्राष्ट्रिय गिरोह नेपालमा पनि सक्रिय भएपछि प्रहरीले यस्तो आग्रह गरेको हो ।
कान्तिपुर पत्रिका ले जनाए अनुसार अर्काको एटीएमको पिन र पासवर्ड चोरेर पैसा निकाल्ने तीन रोमानियनलाई सिआइबीले पक्राउ गरेको छ । यसरी गिरोह मा सक्रिय यि बिदेशी हरु संग अत्याधुनिक उपकरण रहेको र यसको सहयोगमा सर्ब साधारण को ब्यांक का पिन चोरी भएको सार्बजनिक भए पछि, नेपालको एटीएम असुरक्षित रहेको भन्दै प्रहरीले सबै एटीएम प्रयोगकर्तलाई पिनकोड परिवर्तन गर्न भनेको हो ।
नेपालमा अहिले ३५ लाख एटीएम प्रयोगकर्ता रहेको सिआइबीको तथ्याङ्क छ । ती मध्ये अधिकांशको पिनकोड चोरी भएको हुनसक्ने स्थानिय अधिकारीहरुले बताएका छन्।
