पालले मकाउलाई हराउँदै एएफसी सोलिडारिटी कप फुटबलको उपाधि जितेको छ। मलेसियाको कुचिङस्थित सारावाक रंगशालामा भएको खेलमा नेपालले मकाउलाई १-० गोलअन्तरले पराजित गर्दै उपाधि हात पार्न सफल भएको हो।
सन् १९५४ मा एएफसीको सदस्यता लिएपछि उसले आयोजना गरेको कुनै आधिकारिक प्रतियोगिता, नेपालले यसघि जितेको थिएन।
खेल को एक मात्र गोल, नेपालका सुजल श्रेष्ठले हेड मार्फत खेलको २९ औं मिनेटमा गरेका थिए।
यसै बीच, नेपाल को सरकारले एफसी सोलिडारिटी कप विजेता नेपाली टोलीलाई प्रतिव्यक्ति तीन लाख नगद दिने घोषणा गरेको छ। युवा तथा खेलकुद मन्त्री दलजीत श्रीपालीले विजयी खेलाडीलाई पुरस्कार स्वरुप तीन लाख नगदले सम्मान गर्ने जानकारी दिएका हुन्।
