SKIP TO MAIN CONTENT

नेपाली हिमाल देखाउदै, भारतले गर्यो आफ्नो पर्यटन प्रबर्ध्दन

Mt Annapurna
Indian Tourism Advert Source: Facebook

1 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS


Skip to article content

पोल्याण्डको भारतीय राजदूतावासले आफ्नो गेटमा राखेको पर्यटन प्रबर्ध्दन  सम्बन्धि प्रचारमा नेपालको अन्नपूर्ण हिमालको तस्बिर प्रयोग गरेको पाईएको छ। "ईनक्रॆडिबल ईन्डिया" लेखेको उक्त सामग्रीमा प्रस्ट रुपमा अन्नपूर्ण हिमालको शृंखला देखिन्छ, जसको अगाडि एक महिलाले योगा गर्दै गरेको दृष्य पनि रहेको छ।

उक्त तस्बिर सामाजिक संजालमा प्रकाशित भएपछि, भारतीय दूताबासले त्यसरी अनधिकृत रुपमा नेपाली हिमाल देखाई आफ्नो पर्यटन प्रबर्ध्दन  गरेको कुरालाई लिएर कटु आलोचना भएको थियो। यसको लगत्तै त्यहाँ स्थित भारतीय राजदूतले आफ्नो गल्ति स्वीकार्दै उक्त प्रचार सामग्री निकालेका थिए।

उक्त दूताबासले, बाहिरी कम्पनीले उक्त प्रचार सामग्री बनाएको र त्यहाँबाटनै लापरवाही भएको स्पस्टिकरण दिएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now