SKIP TO MAIN CONTENT

नेपालमा बढ्दो इन्टरनेट प्रयोग, तर असमानता कायम

Internet In Nepal
Source: Getty

1 min read

Published

Presented by SBS Nepali

Source: Agencies


Skip to article content

विश्व प्रसिद्ध साईन्स पत्रिकाले नेपालको मधेसी र मुस्लिम समुदायमाँझ इन्टर नेट प्रबिधिको पहुँच अत्यन्तै न्यून रहेको बताएको छ। जनसंख्या र राजनीतिक हिसाबले पछि परेका अल्पसंख्यक समुदायमा इन्टरनेटको प्रभाव मापन गर्ने क्रममा नेपालका मधेसी र मुस्लिम समुदायमा रहेको न्यून पहुँच निक्कै चिन्ताजनक रहेको उक्त पत्रिकाले उल्लेख गरेको छ।

यसैबीच आधाभन्दा बढी नेपालीहरु इन्टरनेटको पहुँचमा पुगेका छन् भन्दै नेपाल दूरसञ्चार प्राधिकरणले एक तथ्यांक प्रकाशित गरेको छ।

पछिल्लो जानकारी अनुसार कूल जनसंख्यामा ५१ प्रतिशत नेपालीहरुले इन्टरनेट चलाउने गरेको पाइएको छ।

नेपालको १० औँ जनगणनाको समय २०६८ सालमा कूल जनसंख्याको १६ प्रतिशत नेपालीहरुमात्र इन्टरनेटको पहुँचमा रहेका थिए। तर गएको पाँचवर्षमा त्यो संख्या बढेर ५१ प्रतिशत पुगिसक्दा पनि द्रुतगतिको ब्रोडब्याण्डको इन्टरनेट प्रयोग गर्ने नेपालीहरुको संख्या भने न्यून देखिएको छ।

साईन्स पत्रिकाको लेख यस लिङ्कमा पढ्न सकिन्छ।

http://www.sciencemag.org/news/2016/09/who-getting-left-behind-internet-revolution

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now