SKIP TO MAIN CONTENT

नेपालमा चामल र रक्सीको आयात लगभग बराबरी

Alcohol
Source: Getty

1 min read

Published

Presented by SBS News

Source: SBS


Skip to article content

नेपालमा आव २०७२/०७३ मा आयात भएको चामल र रक्सी रकमका हिसाबले झन्डै बराबरी छ । 

भन्सार विभागका अनुसार यस वर्ष रु २५ अर्बको चामल आयात भएको छ भने रक्सी (बियर, ह्विस्की, वाइन लगायत) रु १८ अर्ब ३० करोड ८४ लाखको आयात भएको  छ । 

चामलभन्दा मदिराजन्य पदार्थ रु ६ अर्ब ६९ करोड १५ लाख अर्थात् ३६ दशमलव शून्य ५४ प्रतिशतले मात्र कम हो । वैदेशिक रोजगारबाट फर्किएका नेपालीले साथमा ल्याउने मदिराजन्य पदार्थको 'उपहार' समेत गणना गर्ने हो भने चामल र रक्सीको आयात बराबरी हुन आउँछ । 

विश्वका ८० भन्दा बढी देशमा वैदेशिक रोजगारीमा जाने नेपालीको सङ्ख्या ४० लाखभन्दा बढी छ । रोजगारबाट फर्किआउँदा एक लिटर मदिराजन्य पदार्थको भन्सार शुल्क लाग्दैन ।

सबैभन्दा धेरै भारतबाट एक करोड सात लाख ३५ हजार ७९९ लिटर र सबैभन्दा थोरै १२ लिटर रुसबाट आयात भएको छ । यस्तै बेलायतबाट चार लाख ३९ हजार ८८० लिटर, अस्ट्रेलियाबाट दुई लाख ९९ हजार १३०, स्पेनबाट दुई लाख ७६ हजार ११९ र फ्रान्सबाट दुई लाख ५८ हजार ९७ लिटर आयात भएको छ । 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now