SKIP TO MAIN CONTENT

नेपालमा गाडीको मागमा वृद्धि

Cars and two-wheelers queuing up for fuel
Cars and two-wheelers queuing up for fuel. Source: The Himalayan Times

1 min read

Published

Presented by SBS Nepali

Source: SBS


Skip to article content

दशैं तिहार आउनै लाग्दा, भन्सार बिभागले निकालेको तथ्यांक का अनुसार चालू आर्थिक बर्षको पहिलो दुई महिनामा सवारी साधनको आयातमा निक्कै वृद्धि देखिएको छ। उक्त बिभागले जाने अनुसार, यस अवधिमा साढे १६ अर्ब रुपैयाँबराबरका सवारीसाधन नेपाल भित्रिएका छन्। अघिल्लो आर्थिक बर्षको पहिलो दुई महिनामा ७ अर्ब २५ करोड रुपैयाँ बराबरका सवारी भित्रिएका थिए।

कारोबार पत्रिकाले जाने अनुसार , हालै राजधानी काठमाडौँमा गाडी संमन्धीको प्रदर्सनिले पनि यी थुप्रै गाडी आयात हुनु को एक कारण हुन सक्छ। आउदै गरेको चाड-पर्व र बढेको आम्दानीले पनि मानिसहरुले गाडी किन्न थालेको हुनु सक्ने अनुमान केहि अधिकारीहरुले गरेका छन्।

चालू आवको २ महिनामा १ खर्ब ४९ अर्ब २२ करोड रुपैयाँबराबरको सामान आयात भएकोमा गत आवको सोही अवधिमा ९६ अर्ब ३१ करोड रुपैयाँको भएको थियो । आयात ५५ प्रतिशतले वृद्धि भएको छ भने निर्यात १.२१ प्रतिशतले बढेको छ । गत वर्ष सीमा नाका आन्दोलनका कारण आयात केही घटेको थियो ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now