SKIP TO MAIN CONTENT

नेपालमा सरकारी जागीर प्रति आकर्षण

Job Nepal
Source: Getty

1 min read

Published

Updated

Presented by SBS Nepali

Source: SBS


Skip to article content

नेपालको सरकारी जागीरमा नियुक्ति गर्ने लोकसेवा आयोगले उपलब्ध पदहरु को तुलनामा आबेदन हरु सात सय गुना ले औनी गरेको बताएको छ। हिमाल खबर क अनुसार गत वर्ष ५ हजार ८१२ माग गरिएकामा ४ लाख ४३ हजार ७४१ जनाले आवेदन फाराम भरेका थिए ।

शाखा अधिकृत ५५० मा ३९ हजार ४०५, नायब सुब्बामा ५१२ मा एक लाख १० हजार २९२, खरिदारमा एक हजार दुईमा एक लाख ३९ हजार १६२, स्टाफ नर्स १९४ मा १७ हजार ५६८, अनमी दुई हजार ६० मा ४३ हजार ५८२, अहेब एक हजार ३६० मा पाँच हजार २२३ र सहायक महिला विकास निरीक्षक १३४ मा ४१ हजार ५०२ जनाले दरखास्त फाराम भरेको उक्त आयोगकी एक अधिकारी ले बताएकी छिन्।

सरकारले यसरी आयोगमार्फत गरिने दरखास्तबाट वार्षिक करिब रु १८ करोड राजस्व सङ्कलन गर्ने गरेको बताईन्छ। आयोगका लेखापाल सूर्यप्रसाद शर्माका अनुसार सरकारले आयोगबाट सहसचिव, उपसचिव, शाखाअधिकृत, खरिदार सरह र बढुवा फारामबाट उक्त राजस्व सङ्कलन गर्ने गरेको हो ।

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now