अस्ट्रेलिया सरकार द्वारा नेपाल जान चाहने आफ्ना नागरिकहरुलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ।
फेब्रुअरी २ मा केन्द्र सरकारको विदेश मामिला र व्यापार मन्त्रालय द्वारा जारी गरिएको उक्त सल्लाहमा नेपालमा रहेका अस्ट्रेलियालीहरुले आफ्नो व्यक्तिगत सुरक्षाका लागी कडा ध्यान दिन र सम्भावित सुरक्षा खतराहरु बारे जानकारीका लागि स्थानीय समाचारहरु माथि पनि निगरानी राख्न आग्रह गरेको छ।
नेपालमा स्थानीय तहको लागि चुनावको मिति घोषणा गर्नुभन्दा अगाडी सरकार द्वारा संबिधान संसोधनको आफ्नो मांग पुरा नगरे आन्दोलन गर्ने भनि मधेसी मोर्चा द्वारा चेतावनी दीएको केहि दिन पछि अस्ट्रेलियाली सरकारको उक्त पछिल्लो सुझाव आएको हो।
बिरोध प्रदर्शन र सार्वजनिक स्थलहरुमा ठुलो संख्यामा मानिसहरु भेला भएका अवस्थामा हिंसा भड्किन सक्ने भएकोले ती स्थानहरु नजान बताइएको छ।
सन् २०१५ को भूकम्प पछि केहि पद यात्रा मार्गहरु प्रभावित भएकाले एक्लै पद यात्रामा नजान पनि सरकार द्वारा सचेत गराइएको छ।
नेपाल भ्रमण गर्नु अगाडी अस्ट्रेलिया सरकार द्वारा संचालित स्मार्ट ट्राभलर वेबसाइटमा आफ्नी यात्राबारे जानकारी दर्ता गराउन पनि आफ्ना नागरिकहरुलाई प्रोत्साहित गरेको छ।
थप जानकारी http://smartraveller.gov.au/Countries/asia/south/Pages/nepal.aspx
