SKIP TO MAIN CONTENT

न्युजिल्याण्ड मस्जिद हमला: ४९ को मृत्यु, १ अस्ट्रेलियाली सहित ४ हिरासतमा

न्युजिल्याण्डको क्राइष्टचर्च सहरमा रहेका दुई मस्जिदहरूमा शुक्रवार भएका छुट्टाछुट्टै हमलाहरुमा ४९ जनाको मृत्यु भएको उक्त राष्ट्र कि प्रधान मन्त्री जसिन्दा आर्डर्नले पुष्टि गरेकी छन्। घटनामा ४८ जना घाइते भएका छन्। सो घटनामा संलग्न रहेको आशङ्कामा प्रहरीले १ अस्ट्रेलियाली सहित ४ जनालाई पक्राउ गरेको छ।

People stand across the road from a mosque in central Christchurch, New Zealand, Friday.
People stand across the road from a mosque in central Christchurch, New Zealand, Friday. Source: AP

2 min read

Published

Updated


Skip to article content

शुक्रवार न्युजिल्याण्डको स्थानीय समय अनुसार दिउँसो करिब १:४५ मा मानिसहरूको भिड रहेको अल नूर मस्जिदमा एक बन्दुकधारीद्वारा पहिलो हमला गरिएको थियो ।

र दोस्रो गोली हमला क्राइष्टचर्चकै लिनवूड मस्जिदमा भएको जनाइएको छ।

हमला भएका मस्जिदहरू मध्ये एकमा कम्तीमा पनि पाँच सयको सङ्ख्यामा मानिसहरू उपस्थित भएको बताइएको छ।

न्युजिल्याण्ड प्रहरी आयुक्त माइक बुसले मृत्यु भएकाहरूमा ४१ जनाले अल नूर मस्जिदमा , ७ जनाले लिनवूड मस्जिदमा र एक जनाले क्राइष्टचर्च अस्पतालमा ज्यान गुमाएको  पुष्टि गरेका छन्।

Shambulizi katika misikiti mjini Christchurch
Shambulizi katika misikiti mjini Christchurch Source: AAP

घटनामा संलग्न भएको आशङ्कामा न्युजिल्याण्ड प्रहरीले १ अस्ट्रेलियाली सहित ३ पुरुष र एक महिलालाई पक्राउ गरेको प्रहरी आयुक्त माइक बुसले बताएका छन्।

तर उक्त पक्राउपश्चात् पनि अन्य आक्रमणबाट सहर पूर्ण रूपमा सुरक्षित छन् भनेर विश्वस्त हुन नसकिने भन्दै उच्च सुरक्षा सतर्कता अपनाइएको छ।

२८ वर्षीय अस्ट्रेलियाली भएको बताउँदै एक व्यक्तिले ७४ पेजको घोषणापत्र अनलाइनमा प्रकाशित गरेर आफू घटनामा संलग्न रहेको दाबी गरेका थिए।

उक्त अनलाइन सामग्रीमा उनले यो घटना युरोपमा हजारौँको ज्यान लिइएको घटनाको बदला स्वरूप गराएको दाबी गरेका छन्। तर प्रहरीले घटनालाई आतङ्ककारी आक्रमण हो या हैन भन्ने बारे प्रतिक्रिया दिएको छैन।

हिरासतमा रहेका कोहि पनि सुरक्षाका दृष्टिले खतराको रुपमा निगरानीमा नरहेको बताइएको छ।

The location of the shootings.
The location of the shootings. Source: SBS News

घटना भएको क्राइष्टचर्चमा सशस्त्र सेनाहरूलाई परिचालन गरिएको छ भने, क्राइष्टचर्चका विद्यालय, अस्पताल तथा विश्वविद्यालयहरू बन्द गरिएको छ त्यस्तै स्थानीय बासिन्दाहरूलाई घर भित्रै रहन भनिएको छ।

प्रत्यक्षदर्शीहरूले घटनाका बारेमा बताउँदै जताततै रगत देखेको र कतिपयले आफ्नो टाउको माथिबाट बुलेट गएको बताएका छन्।

न्युजिल्याण्ड कि प्रधानमन्त्री जसिन्दा आर्डेनले उक्त घटनालाई न्युजिल्याण्डको इतिहासमा नै सबैभन्दा खराब घटनाको संज्ञा दिदैं यस दिनलाई न्युजिल्याण्डका लागी कालो दिन भनेकी छन्।  

आक्रमणकारीले शैन्य शैलीमा शुक्रबारको प्रार्थनाका लागी जम्मा भएका मानिसहरू  माथी गोलि चलाएका थिए। आक्रमणकारीले आक्रमण गर्नु भन्दा केहि क्षण अगाडीदेखि आक्रमणको समेत प्रत्यक्ष प्रसारण गरेका थिए।

A live stream of the attack showed a gunman entering the mosque and opening fire.
A live stream of the attack showed a gunman entering the mosque and opening fire. Source: AAP

घटनाका बारेमा पुर्व गुप्तचर तथा रक्षा नीति विशेषज्ञ पल जी बुच्ननले एसबीएस सँग कुरा गर्दै घटना दक्षिणपन्थी उग्रवादी वा दक्षिणपन्थी आतंककारी आक्रमण भएको बताएका छन्। 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now