न्यु साउथ वेल्स डढेलो संकट: ३ को मृत्यु ७ वेपत्ता

न्यु साउथ वेल्स राज्यका विभिन्न स्थानमा लागेको डढेलोका कारण ३ जनाको ज्यान गएको र ७ जना बेपत्ता रहेका छन् भने १५० घरहरू जलेर ध्वस्त भएका छन्।

Bush fire in NSW

Source: AAP

न्यु साउथ वेल्स राज्यमा अहिले सम्म कै सबैभन्दा बढी स्थानमा डढेलो लागेको यो घटनामा तिन जनाको मृत्यु भइसकेको छ भने बेपत्ता रहेका ७ जनाको अवस्थालाई लिएर अधिकारीहरूले गहिरो चिन्ता व्यक्त गरेका छन्।

उक्त डढेलोमा परि मृत्यु हुने दुवैको पहिचान भई नसकेको अवस्थामा मृतकको सङ्ख्यामा वृद्धि हुन सक्ने पनि अधिकारीहरूको अनुमान रहेको छ।

एक व्यक्तिलाई ग्लेन इन्स नजिक कन्गवालामा एक जलिरहेको गाडी भित्र मृत अवस्थामा भेटिएको थियो भने अर्को एक महिलाले उपचारका क्रममा ज्यान गुमाएको राज्यका ग्रामीण अग्नि सेवा आयुक्त शेन फिज़सिमनले बताएका छन्।

शुक्रबार एक समयमा त ९९ वटा डढेलो मध्ये अहिलेसम्म कै सबैभन्दा बढी १७ वटा आपतकालीन स्तरको भएको बताउँदै  फिज़सिमनले ६० बर्षको दमकल सेवामा रहँदा यस्तो अवस्था कहिले पनि नदेखेको बताएका छन्।

An Aircrane water bombing helicopter drops water on a bushfires in Harrington, 335km north east of Sydney, Friday, November 8, 2019. Hot, windy conditions are wreaking havoc as bushfires burn out of control across parts of NSW, with 15 current emergency w
An Aircrane water bombing helicopter drops water on a bushfires in Harrington. Source: AAP

न्यु साउथ वेल्सका विभिन्न स्थानमा ८० छुट्टा छुट्टै डढेलो बलिरहेकोमा ४० नियन्त्रण बाहिर रहेको पनि बताइएको छ।

त्यस्तै लिस्मोर, टारीको दक्षिणमा रहेको हिलभिल र वाल्चा नजिकैको स्टकयार्ड मा आपत्कालीन चेतावनी जारी गरिएको छ।

यो सप्ताह अन्त्य भरि पानी पर्ने कुनै सम्भावना नरहेको र हावा चल्ने क्रम पनि बढ्ने भन्दै यो अवस्था आगामी समयमा झन् भयावह हुन सक्ने बताइएको छ।

RFS crew members fight a fire (file image)
Total fire bans are in place across NSW amid strong winds and hot conditions. (AAP) Source: AAP

राज्य प्रिमियर ग्लाडिस बेरेजेक्लियनले अझै खराब हुन बाँकी नै हुन सक्ने बताएकी छन्।

"हामी संयमित रहनु पर्छ र चिन्ताजनक कुरा त के हो भने मङ्गलवारको अनुमानित मौसमी विवरणलाई हेर्दा सबैभन्दा खराब परिस्थिति टरी सकेको छैन। "

पत्रकार सम्मेलनमा बोल्दै प्रिमियर बेरेजेक्लियनले तर आफूहरू सँग सहयोग र संयन्त्र पर्याप्त रहेको भन्दै सबैलाई हतोत्साहित नहुन पनि आग्रह गरेकी छन्।

न्यु साउथ वेल्सको फायर एण्ड रेस्क्यु सेवा द्वारा पछिल्लो जानकारीहरू र जोखिम युक्त स्थान साथै डढेलोबाट बच्ने उपायका बारेमा पनि अपडेट गराइएको छ।

nsw fire_bush fire warning
Source: facebook/ Fire and Rescue NSW
nsw fire warnings_bushfire
Source: facebook/ NSW Police Force


2 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now