SKIP TO MAIN CONTENT

न्यु साउथ वेल्समा आजदेखि नयाँ सडक नियम लागू

आज सेप्टेम्बर १ तारिकदेखि न्यु साउथ वेल्स राज्यमा नयाँ सडक नियमहरु लागू भएका छन् जस अन्तर्गत सवारी चालकहरुले ३ डिमेरिट पोइन्टहरु पाउनुका साथै ४४८ डलर जरिवाना तिर्नुपर्ने हुनसक्छ।

Drivers must slow down to 40 kilometres per hour if an emergency services vehicle is stopped on the road with blue or red lights flashing. Source: YouTube/Transport For NSW
Source: Transport For NSW

2 min read

Published

By SBS Nepali

Source: SBS


Skip to article content

आज शनिबारदेखि लागू भएको नियमानुसार यदि तपाईं सवारी साधन चलाई रहनुभएको छ र सडकमा एम्बुलेन्स, प्रहरी वा दमकल जस्ता आपतकालीन सवारी साधन आफ्ना निला तथा राता बत्ति बालेर रोकिएको अवस्थामा भेट्नुभएमा आफ्नो वहानको गति ४० किलोमिटर प्रति घण्टा भन्दा बढी गर्न पाउनुहुन्न।

सडकमा भएका दुर्घटना वा अन्य कुनै कारणले त्यहाँ उपस्थित भएर आपतकालीन सेवाका कर्मचारीहरुले आफ्नो कार्य सुरक्षित तवरले गर्न सकुन भनेर उक्त नियम ल्याइएको हो।

"हामी सबैको निम्ति आपतकालीन सेवामा खटिएका कर्मचारीहरु तथा अन्य स्वयम् सेवकहरुले निक्कै जोखिमपूर्ण ठाउँहरुमा काम गरिरहेका हुन्छन्। जसरी हामी आफ्नो कार्यस्थल सुरक्षित भएको हेर्न चाहान्छौं त्यसै प्रकारले उनीहरुले पनि आफुले काम गर्ने स्थान सुरक्षित भएको हेर्न पाउनुपर्छ", ट्रान्सपोर्ट फर एनएसडब्लुले भनेको छ।

नयाँ नियम अनुसार, त्यस्ता आपतकालीन सवारी साधन वरिपरि कोही व्यक्ति उभिएको, बसेको वा हिंडेको भए उनीहरुलाई प्राथमिकतामा राखेर, सवारी चालकले बाटो छोडिदिनु पर्नेछ। त्यसो गर्दा, सवारी चालकले आफ्नो सवारीको गति रोकिएर राखिएको आपतकालीन सवारी साधन भन्दा अलिक टाढा तथा सुरक्षित स्थानमा नपुगेसम्म बढाउन नपाउने प्रावधान रहेको छ।

ठुला सडकहरुको बीच भागमा हुने तथा मेडियन स्ट्रिप भनिने बाटो छुट्याउने बार, पर्खाल वा अन्य त्यस्तै किसिमको अवरोधहरु मौजुद भएको बाहेकका बेलामा सडकको कुनै पनि छेउमा यदि आपतकालीन सेवाका गाडीहरु छन् भने यो नियमनानुसार गाडी चालकले आफ्नो गति सुस्त गर्नैपर्ने राज्यको यातायात व्यवस्थापन गर्ने कार्यालयले जनाएको छ।

यदि कसैले यो नयाँ नियम उल्लङ्घन गरेमा ३ डिमेरिट पोइन्टहरु पाउनुका साथै ४४८ डलर जरिवाना तिर्नुपर्ने कुरा ट्रान्सपोर्ट फर एनएसडब्लुले उल्लेख गरेको छ।

१२ महिनासम्म कायम रहने परिक्षणकालभर न्यु साउथ वेल्स सरकारले स्थानिय आपतकालीन सेवाहरु, राज्य प्रहरी तथा अन्य सरोकारवालाहरुसंग समन्वय गरी यस नयाँ प्रयोगको उचित मुल्यांकन गर्ने जनाएको छ।

थप जानकारीको लागि यहाँ जानुहोस्: http://roadsafety.transport.nsw.gov.au/campaigns/slow-down-for-emergency-vehicles/faqs.html


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now