SKIP TO MAIN CONTENT

नेशनल अस्ट्रेलिया बैङ्कका प्रमुखहरूले दिए राजीनामा

नेशनल अस्ट्रेलिया बैङ्कका दुई उच्च पदाधिकारीहरू प्रमुख कार्यकारी अधिकृत एन्ड्रु थर्बर्न र अध्यक्ष केन हेनरीले बैङ्क छाडेको घोषणा गरेका छन्। वित्तीय क्षेत्र बारे शाही आयोगको अन्तिम प्रतिवेदन सार्वजनिक भए पश्चात् विशेष गरी यहि बैङ्कको बढी आलोचना भएको थियो।

Banking Royal Commission
NAB's Andrew Thorburn has resigned as CEO and Managing Director Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

नेशनल अस्ट्रेलिया बैङ्क (न्याब) का प्रमुख कार्यकारी अधिकृत एन्ड्रु थर्बर्नले आफ्नो पद आगामी फेब्रुअरी महिनाको अन्त्य तिर छोड्ने छन्।

शाही आयोगले बैङ्किङ क्षेत्र बारे सार्वजनिक गरेको अन्तिम प्रतिवेदनमा न्याब को विशेष आलोचना भए पछि यो घोषणा आएको हो।

सो क्षेत्र लोभमा आधारित भएर सञ्चालित रहेको फैसला सहित शाही आयोगले उपभोक्ताहरूको संरक्षण र नियमावलीमा सुधार गर्नका लागी ७६ वटा सुझाव प्रस्तुत गरेको थियो।

साथै शाही आयोगले २४ वटा विषयले आपराधिक क्रियाकलापको सम्भावना बोकेको भन्दै थप अनुसन्धानका लागी जिम्मेवार निकायमा पठाएको छ।

एन्ड्रु थर्बर्नले पत्रकारहरू समक्ष उनको दायित्व अन्तर्गत नै त्यस्ता घटनाहरू भएको भन्दै गल्तीको लागी आफू जिम्मेवार भएको स्विकार्नुका साथै माफी पनि मागेका छन्।

केन हेनरीले नयाँ प्रमुख कार्यकारी अधिकृत चयन भएपछि आफ्नो पद त्याग्ने बताइएको छ।

उनका अनुसार अहिले उनीहरूले छोडेर जाँदा न्याबले नयाँ सुरुवात गर्ने अवसर प्राप्त गर्नेछ।

डा. हेनरीले न्याबको नयाँ प्रमुख कार्यकारी विश्वव्यापी रूपमा खोजिने बताउँदै सो व्यक्ति न्याबको आकाङ्क्षा अनुरूपको कार्य स्थल संस्कृति प्रदान गर्न सक्ने किसिमको हुनु पर्नेमा जोड दिएका छन्।

तत्कालका लागी भने न्याब का वर्तमान निर्देशक फिल क्रोनिकनले कायम कायममुकायम प्रमुख कार्यकारीको भूमिका निर्वाह गरिरहेका छन्।

उनले न्याब परिवर्तनका लागी प्रतिबद्ध रहेको बताएका छन्।

 

 

 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now