नेपालमा जाली शैक्षिक प्रमाण पत्रको पत्रको आधारमा चिकित्सक बन्नेहरु केहि समय अघि निगरानीमा आएका थिए। अब भने पाइलटको पालो आएको छ।
नेपालबाट आएको समाचार अनुसार बुद्ध एयरका को-पाइलट स्वच्छन्द घले त्यहि अभियोगमा पक्राउ परेका छन्। यसअघि विशाल कार्की यही अभियोगमा समातिएका थिए।
नेपालमा ४ सय ५० जनाभन्दा बढी पाइलट छन्। तीमध्ये तीन दर्जन पाइलट ‘अप्रेसन हक’ को उच्च निगरानीमा रहेको केन्द्रीय अनुसन्धानका ब्युरोले सेतोपाटिलाई बताएको समाचारमा उल्लेख छ।
(स्रोत : सेतोपाटि)
Share
