नयाँ आर्थिक बर्षसँगै बैंकहरुले ल्याउने “सुधारात्मक नियम”

शाहि आयोगसँगै विभिन्न क्षेत्रहरुबाट स्वार्थमा चुर्लुम्म डुबेको भनि आलोचित हुँदै आएको बैंकिङ्ग क्षेत्रले – यी पछिल्ला नियमहरु- ग्राहकहरुको हितमा रहेको उल्लेख गरेको छ।

People in a line at an ATM

Group of people in a line at an ATM waiting to make a cash withdrawal. Source: Getty Images

नयाँ आर्थिक बर्षको शुरुवातसँगै, अस्ट्रेलियाका बैंक तथा वित्तिय संस्थानहरुले, ग्राहकहरुको हितमा भन्दै नयाँ नियमहरु अबलम्बन गर्ने बताएको छ।

केहि समय अघि शाही आयोगबाट कटु आलोचनाको शिकार बनेको यस क्षेत्रले- ग्राहकहरुको आँखामा रहेको उनीहरुको छविलाई सुधार गर्न पनि यो नयाँ नियम अगाडि सारेको हुन सक्ने बताईएको छ।
अस्ट्रेलियाको बैंकिङ्ग एशोसियसनले, यसरि अघि सारिएको नियमहरु अहिले सम्मकै सबैभन्दा सबल रहेको दावी गरेको छ।
शाहि आयोगसँगै विभिन्न क्षेत्रहरुबाट स्वार्थमा चुर्लुम्म डुबेको भनि आलोचित हुँदै आएको बैंकिङ्ग क्षेत्रले – यी पछिल्ला नियमहरु- ग्राहकहरुको हितमा रहेको उल्लेख गरेको छ।

उक्त एशोसियसनका अनुसार, यसरी सार्वजनिक गरिएका नियमहरुले- व्यक्तिगत ग्राहकहरुमात्र नभएर साना व्यवसाय संचालन गर्ने ग्राहकहरुलाई पनि लाभ प्रदान गर्ने छ।
superannuation
The Banking Association says it has completely re-written the code to better meet community expectations. Source: Getty Images


समुदायले बैकहरुबाट राखेको आशा र अपेक्षालाई ध्यानमा राख्दै –आफूलाइ सुधार्ने प्रयासमा यहाँका बैंकहरु लागेको विश्लेषकहरुले अनुमान लगाएका छन्।

जुलाई १ तारिखदेखि यो नियमहरु लागू गरिने छन्।

शाही आयोगको बयानको क्रममा बैंकहरुले ग्राहकहरुलाई जथाभावी ऋण बिमा बेचेको, विभिन्न आशाको लोभ देखाउँदै ऋण उपलब्ध गराएको घटनाहरु फ्रकाशमा आएको थियो।
निधन भई सकेकाहरुको सम्पत्तिबाट पनि बैंकहरुले रकम तानेको तथ्य त्यस बखत प्रकाशमा आएको थियो।
‍यस अघि सारिएका नियमहरुले भने बैंकहरु आफ्नो स्वार्थको लागि गर्ने व्यवहारमा कमी आउने आशा गरिएको छ।

वित्तिय अधिकार कानूनी केन्दकी प्रमुख  क्यारेन कक्सले आफ्नो ग्राहकहरुको हीत हेर्ने दायित्ब, बैंकहरुको रहेको बताउदै, नयाँ सारिएका नियमहरुले उनीहरुलाई गैरजिम्मेदारीपूर्वक काम गर्न हतोत्साहित गरेको बताउछिन्।
यसरि अघि सारिएका नियमहरुले सामान्य ग्राहकहरु मात्र नभएर साना उध्धमीहरुलाई पनि लाभ पुर्‍याउने बताईन्छ।
साना उद्यमीहरुको ऋणका करारहरुलाई सरल बनाउने र यदि केहि बुँदाहरु परिवर्तन हुने खण्डमा- लामो समय अघिनै सूचना दिई ग्राहकहरुलाई त्यसको तयारीको मौका दिने बताईन्छ।

अस्ट्रेलियामा रहेको साना व्यवसायहरुको संगठनका प्रमुख पीटर स्ट्रङ्गले अगाडि सारिएका नियमहरु स्वागत योग्य रहेको बताउदै, आफ्ना सदस्यहरुको मुख्य चुनौति भनेको सरल तरिकाले ऋण नपाउनु हो भनि गुनासो गर्छन्।

यसैगरि- बैंकहरुले अब तपाइको क्रेडिट कार्डको ऋण सीमा बढाउने कार्य- तपाईको अनुरोध पछि मात्र – अगाडि बढाउन सक्ने छ।

साथै ग्राहकहरु अबदेखि अनलाईन सेवाबाटै आफ्नो खाता बन्द गर्न वा क्रेडिट कार्डको ऋण घटाउन सक्ने छन्।

कक्सका अनुसार- यि परिवर्तनहरु साकारात्मक हुन्, तर यस नयाँ नियमहरुको भरमा मात्र बैंकिङ्ग क्षेत्रमा रहेको कमजोरीहरुमा सुधार हुँदैनन्। सहमतिका आधारमा बनाईएका यि नियमहरु आशालाग्दा छन्
तर कानूनि परिधि भित्र ल्याएर – बैंकहरु माथि जिम्मेदारि थप्न पानि उत्तिकै आबश्यक छ भनि उनी बताउछिन्।
अस्ट्रलियाको बैकिङ्ग क्षेत्र अनुगमन गर्ने संस्था एसिकले, यी नियमहरुको माथि अनुमति दिईसकेको छ। यस किसमको बुँदाहरु एसिकसमक्ष अनुमोदनलागि प्रस्तुत गरिएको यो पहिलो पटक रहेको थियो।


Share

Published

Updated

By Hannah Sinclair

Share this with family and friends


Download our apps
SBS Audio
SBS On Demand

Listen to our podcasts
Independent news and stories connecting you to life in Australia and Nepali-speaking Australians.
Stories about women of Nepali heritage in Australia who are about to become parents.
Get the latest with our exclusive in-language podcasts on your favourite podcast apps.

Watch on SBS
Nepali News

Nepali News

Watch it onDemand