सस्तोमा इन्टरनेट जडान गरिदिने भन्दै लाखौ डलरको ठगि: एसीसीसी

अस्ट्रेलियाली प्रतिस्पर्धा र उपभोक्ता आयोग (एसीसीसी) र राष्ट्रिय ब्रोडब्याण्ड नेटवर्क (एनबीएन) द्वारा ठगीका घटनाहरू बढ्दै गएको प्रति आफूहरू चिन्तित रहेको बताएका छन्।

Internet crime

Computer hacker Source: iStockphoto

ब्रोडब्याण्ड इन्टरनेट विक्रेता एनबीएनको नाम अवैध रूपमा प्रयोग गर्दै आम मानिसहरु बाट महिनाको एक लाख डलरभन्दा पनि बढी रकम ठगी हुने गरेको एसीसीसीले बताएको छ।

अस्ट्रेलियामा उपोभोक्ताहरुको हक अधिकार हेर्ने उक्त संस्थाका अनुसार अघिल्लो वर्षको तुलनामा यो वर्ष यस्ता ठगीका घटनाहरू धेरै बढेका छन्।

सन् २०१८ भर भएका कुल ठगी त यो वर्षको पहिलो पाँच महिना पनि नसकिँदै भएको जानकारी दिँदै एसीसीसीकी कार्यवाहक अधक्ष्य डेलिया रिकार्डले भनिन्, “विशेषतः ६५ वर्षभन्दा बढी उमेर भएका मानिसहरू यस्ता ठगीका सिकार भएका छन्।”

“उनीहरूले अहिलेसम्म ३३०,००० डलरभन्दा बढी गुमाई सकेका छन्।”

यस्ता घोटालाबाट कुल ५३१,००० डलर गुमिसकेको पनि एसीसीसीको भनाई रहेको छ।

ठगी एवं घोटालाका किसिम:

कसैले आफू एनबीएनको वा कुनै अन्य इन्टरनेट सेवा प्रदायकको कर्मचारी हुँ भन्दै पीडित व्यक्तिलाई फोन गर्छ र उनीहरूको फोन अथवा इन्टरनेट कन्नेक्सनमा केही गडबडी देखिएको छ भन्दै त्यसलाई समाधान गर्न “रीमोट एक्सेस” चाहिने बताउँछ।

त्यसपछि ती ठगहरूले उपभोक्ताका कम्प्युटर लगायतका उपकरणहरूमा मालवेर भनिने अरूको डाटा चोर्न दुर्भावनाबाट उत्प्रेरित भएर लेखिने प्रोग्राम वा सफ्वेरहरु हाल्दिन्छन्। अनि, यस्तो हर्कतबाट अनविज्ञ रहेका उपभोक्ताका व्यक्तिगत लगायतका अन्य विवरणहरू चोरी निकासी गर्छन्।

Thinking Man
Source: NBNCo

***

ठगहरूले आफू एनबीएनको कर्मचारी भएको बहाना गर्छन् र “डिस्काउण्ट” दिने भन्दै एनबीएनका सेवाहरू वा उपकरणहरू फोनबाटै बेच्न खोज्छन्।

***

Salesman
(File: Getty) Source: Getty

ठगहरू एनबीएन अन्तर्गतको ब्रोडब्याण्ड सस्तोमा दिलाई दिन्छु भन्दै नक्कली कागजातका साथ उपभोक्ताका घरदैलोसम्मै पनि आइपुग्न सक्छन्।

यस्ता घटनामा धेरैजसो चाहिँ सस्तो “डील” वा कनेक्सनको गति बढाई दिन्छु भन्दै ती उपभोक्ताहरूबाट उनीहरूका नाम, ठेगाना, जन्म मिति र मेडिकेयर जस्ता व्यक्तिगत जानकारीहरू जम्मा पार्ने गर्दछन्।

साथै, उनीहरू सेवा बापतको रकम “गिफ्ट कार्ड” मार्फत तिर्नुहोस् भनेर भन्ने गर्दछन्।

एनबीएनको के भन्छ?

एनबीएनको एक थोक बिक्रेता रहेको र यसले कहिल्यै पनि आम मानिसहरूलाई खुद्रा रूपमा आफ्ना सेवाहरू नबेच्ने जनाउँदै उक्त संस्थाका प्रमुख सुरक्षा अधिकृत ड्यारेन केन भन्छन्,”हामी सर्वसाधारणहरूलाई सिधै आफ्ना सेवाहरू बिक्री गर्दैनौँ।”

“सेवाग्राहीहरुले आफूलाई मन परेको वा पायक पर्ने ब्रोडब्याण्ड सेवा प्रदायकलाई सम्पर्क गरेर आफ्नो इन्टरनेट अद्यावधिक गर्नुपर्दछ।”

“अनि, हामी सर्वसाधारण उपभोक्ताका कम्प्युटर लगायतका उपकरणहरूमा ‘रिमोट एक्सेस’ चाहियो भनेर कदापि भन्दैनौँ।“

केनका अनुसार एनबीएनकोले कहिल्यै पनि अप्रत्याशित रूपमा फोन मार्फत इन्टरनेटको शुक्ल तिर्न सर्वसाधारणहरूलाई फोन नगर्ने पनि बताएका छन्।

Stress
Growing number of Australians experiencing rental stress Source: Getty Images

अनि के गर्न सकिन्छ त?

कसैले म तपाईँको इन्टरनेट स्पिड बढाई दिन्छु भनेर फोन गर्‍यो भने आफ्नो इन्टरनेट सेवा प्रदायकलाई फोन गर्नुपर्ने कुरामा जोड दिँदै रिकार्ड भन्छिन्, “आफूसँग उनीहरूको फोन नम्बर छैन भने बरु गुगल गरेर हेर्नुहोस् तर त्यस्ता फोन मार्फत यो मिलाई दिन्छु, यसो गरिदिन्छु भन्ने मानिसले दिएको नम्बरमा कल नगर्नुहोस्।”

 


Share

2 min read

Published

Updated

By SBS Nepali

Source: SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now

सस्तोमा इन्टरनेट जडान गरिदिने भन्दै लाखौ डलरको ठगि: एसीसीसी | SBS Nepali