अस्ट्रेलिया आयात हुने लगभग ५० प्रतिशत एशियाली खाद्यान्नमा अघोषित ‘एलर्जेन्स’

अस्ट्रेलियाली अनुसन्धानकर्ताहरूका अनुसार, एसियाबाट आयात गरिने आधाभन्दा बढी खाद्यान्नहरूमा के-कस्ता तत्त्वहरू छन् भन्ने नखुलाई विक्री वितरण गर्ने गरिएको पाइएको छ।

A customer shops at a supermarket in Yichang city, central China's Hubei province, August 2016.

A customer shops at a supermarket in Yichang city in central China's Hubei province, August 2016. Source: AAP

एलर्जी भनिने शरीरमा एक किसिमको प्रतिक्रिया उत्पन्न गराउने तत्त्वहरू छन् भनेर घोषणा नगरिएका खाद्यान्नहरू एसियाली देशहरूबाट अस्ट्रेलिया निर्बाध रूपमा आयात हुँदै गरेको र त्यसले केही पीडित मानिसहरूलाई निकै प्रभाव पार्ने भनेर चिन्ता व्यक्त गरिएको छ।

मेलबर्नका ६ विभिन्न एसियाली पसलहरूबाट सङ्कलन गरिएका तयारी खानेकुराका ५० नमुना माथि गरिएको एक अध्ययनका अनुसार, ४६ प्रतिशत खाद्यान्नका प्याकेटमा ती खानेकुरामा समावेश भएका एलर्जी उत्पन्न गराउन सक्ने तत्त्व बारे केही पनि खुलाइएको थिएन।

अझ, १८ प्रतिशत प्याकेटहरूमा त एक भन्दा बढी त्यस प्रकारका विकार उत्पन्न गराउन सक्ने खतरा भएका तत्त्व बारे कुनै जानकारी नै थिएन।

allergy
एलर्जी परिक्षण Source: Flickr

बेच्न राखिएका तयारी खाद्यान्नहरू जस्तै - रेडिमेड सुप, बिस्कुट, चिप्स र चकलेटमा अण्डा, ग्लुटेन, दूध र बदाम जस्ता एलर्जी उत्पन्न गराउन सक्ने खानेकुराहरू अंश भेटिए पनि तिनका प्याकेटहरूमा यसबारे केही उल्लेख थिएन।

यस किसिमका खानेकुरा निर्यात गर्ने देशहरूको सूचीमा सबैभन्दा माथि चीन, थाइल्यान्ड र साउथ कोरिया रहेका छन्।

यसबारे अनुसन्धान गरिरहेका जेम्स कुक युनिभर्सिटीका आन्द्रिया लोपाताले एलर्जी पीडित मानिसहरूका लागि यस्ता जोखिम युक्त खानेकुराहरूको आयातमा वृद्धि हुनु अझ बढी चिन्ताको विषय भएकोमा जोड दिएका छन्।

उनका अनुसार खानेकुरा बनाउँदा के-के सामाग्री मिसाइएको छ भन्ने कुरा उल्लेख गर्नुपर्ने कानुन अस्ट्रेलियामा विद्यमान रहेता पनि एसियाली मुलुकहरूमा त्यसबारे दुरुस्त कानुन नभएकाले समस्या उत्पन्न भएको हो।

“यस्ता खानेकुराको सेवन गर्दा मानिसहरूको शरीरमा विभिन्न प्रतिक्रियाहरू उत्पन्न हुने क्रम अस्ट्रेलियामा एकदमै बढेर गएको छ। सन् १९९७ देखि २००५ को अवधि भित्र यस्ता घटनाहरूमा ३५० प्रतिशतले बढेको थियो भने सन् २०१२ सम्म थप १५० प्रतिशत,” उनले भने।

Groundnuts / Peanuts - showing seed case  (AAP/Mary Evans/Ardea/Jean-Michel Labat) | NO ARCHIVING, EDITORIAL USE ONLY
Source: AAP

भारतीय खानेकुरा पनि जोखिम युक्त

सन् २०१६ मा एसबीएसद्वारा गरिएको एक अनुसन्धानमा भारतीय तथा अन्य दक्षिण एसियाली मुलुकहरूबाट आयात गरिएका खानेकुराहरूमा आर्सेनिक, डिडिटी लगायत अन्य प्रतिबन्धित कीटनाशकहरू पाइएको थियो।

अमेरिकामा प्रतिबन्धित गरिएका भनिएका करिब ३,००० भन्दा बढी भारतमा उत्पादन गरिएका खानेकुराहरू अस्ट्रेलियामा बिना रोकटोक विक्री वितरण भइरहेको तथ्य उक्तले रिपोर्टले उजागर गरेको थियो।

नेसनल मेजर्मेंट ईन्स्टिट्युट नामक एक खाद्य प्रयोगशालामा पठाइएका १८ नमुना मध्य दुईले अस्ट्रेलियाली मापदण्ड पुरा नगरेको भेटिएको थियो। यसबारे थप यहाँ पढ्नुहोस्


Share

2 min read

Published

Updated




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now