SKIP TO MAIN CONTENT

कोरोना सङ्कट: नेपालमा सङ्क्रमित हुनेको सङ्ख्या बढ्यो

एक १९ वर्षीय नेपाली युवतीलाई कोभिड-१९को सङ्क्रमण रहेको स्थानीय अधिकारीहरूले सोमवार पुष्टि गरेपछि नेपालमा कोरोनाभाइरसबाट सङ्क्रमित हुनेको सङ्ख्या बढेको हो।

Nepal COVID-19 Bhanubhakta Dhakal
स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकाल मन्त्रालयमा सोमबार आयोजित पत्रकार सम्मेलनमा कोभिड–१९ का विषयमा जानकारी दिँदै । Source: चन्द्रकला क्षेत्री/रासस

1 min read

Published


Skip to article content

अघिल्लो मङ्गलवार फ्रान्सबाट कतार हुँदै नेपाल प्रवेश गरेकी एक नेपाली युवतीको स्वास्थ्य जाँच गर्न प्रयोगशाला पठाइएको नमुनाको रिपोर्ट पोजेटिभ आएको स्वास्थ्य मन्त्री भानुभक्त ढकालले एक पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै बताएका छन्।

विदेशबाट फर्केपछि ती परिचय नखुलाइएकी युवती स्वयम् आइसोलेसनमा बसेको तर अलिक बिसन्चो भए पछि उनको परीक्षण गरिएको बताइएको छ ।

ती युवतीसँग सम्पर्कमा रहेका सबैलाई क्वारेन्टिनमा राखिएको पनि ढकालले जानकारी दिए।

त्यसै क्रममा उनले ती युवती सवार हवाईजहाजमा रहेका अन्य यात्रुहरूलाई स्थानीय अधिकारीहरूले खोज्ने पनि बताएका छन् र आकस्मिक रूपमा बोलाइएको उक्त पत्रकार सम्मेलन मार्फत मानिसहरूलाई आतङ्कित नहुन आग्रह गरिएको छ।

यस अघि वुहान बाट फर्किएका एक नेपाली युवकलाई पनि कोरोना सङ्क्रमण देखिएको थियो र हाल उनी पूर्ण स्वास्थ्य भैसकेको बताइएको छ।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now