SKIP TO MAIN CONTENT

नेपालमा बाघको सङ्ख्या दोब्बर: लियोनार्डो डिकेप्रियोद्वारा विशेष बाघ दिवस भन्दै खुसी व्यक्त

जुलाई २९ लाई अन्तर्राष्ट्रिय बाघ दिवसका रूपमा मनाइरहँदा नेपालले १० वर्षको अवधिमा बाघको सङ्ख्या दोब्बर बनाउने लक्ष पुरा गरेकोमा हलिवुड अभिनेता लियोनार्डो डिकैप्रियोले प्रशंसनीय उपलब्धि भन्दै खुसी व्यक्त गरेका छन्।

Leonardo DiCaprio.
Leonardo DiCaprio. Source: AAP

1 min read

Published

Updated

By SBS Nepali

Source: SBS



Skip to article content

विश्व वन्यजन्तु कोष डब्लुडब्लुएफले नेपालमा झन्डै तीन गुणा बाघको सङ्ख्यामा वृद्धि भएको भन्दै यसले सरकार, सम्बन्धित निकाय र समुदायको निरन्तरको प्रयासलाई प्रस्ट देखाएको बताएको छ। 

 

सन् २०२२ को एक सर्वेक्षणले नेपालमा हाल ३५५ बाघहरू रहेको देखिन्छ जुन १२ वर्षको अवधिमा १९० प्रतिशतको वृद्धि हो। 

 

वन्यजन्तु संरक्षणका अभियन्ता रूपमा चिनिएका चर्चित हलिवुड अभिनेता लियोनार्डो डिकेप्रियोले पनि आफ्नो सामाजिक सञ्जालमा बाघको सङ्ख्या बढेसँगै मानिसहरूलाई यसबाट सुरक्षित राख्न ध्यान केन्द्रित गरिनु पर्ने बताएका छन्। 

सन् २०१० को बाघ वर्षको अवसरमा बाघको सङ्ख्यामा दोब्बर वृद्धि गरिने विश्वव्यापी सङ्कल्प अन्तर्गत नेपालले आफ्नो लक्ष पुरा गरेको हो।

 

सन् २००९ मा बाघ सङ्ख्या १२१ थियो भने यो सङ्ख्या पनि घट्ने क्रममा रहँदा नेपालले बाघ संरक्षणका लागि विश्वव्यापी सङ्कल्पमा सहभागिता जनाएको थियो।  

,"_id":"00000182-52ae-d92a-a3ca-fafe36f90002","_type":"7cc3037d-d680-3e7a-a2f5-716b159f69d6"},"_id":"00000182-52ae-d92a-a3ca-fafe36f90003","_type":"724c20f3-9ae5-3617-a17b-e560b5762930"}">सम्बन्धित सामाग्री


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now