SKIP TO MAIN CONTENT

नेपाल: गुरु नानकको जन्म जयन्तीका अवसरमा सिक्का जारी

नेपाल राष्ट्र बैङ्कले सिख धर्मका संस्थापक - गुरु नानकको ५५० औं जन्म जयन्तीका अवसरमा तीन स्मारक सिक्काहरू जारी गरेको छ।

The three coins released by Nepal Central Bank to mark Guru Nanak's 550th birth anniversary
The three coins released by Nepal Central Bank to mark Guru Nanak's 550th birth anniversary Source: Nepal Rastra Bank

1 min read

Published

Updated

By आभास पराजुली



Skip to article content

नेपाली रुपैयाँ १००, १,००० र २,५०० दरका प्रतिकात्मक सिक्काहरू नेपाल राष्ट्र बैङ्कले २७ सेप्टेम्बरका दिन एक समारोहका बिच काठमान्डुमा जारी गरेको थियो।

नेपाल राष्ट्र बैङ्कका गभर्नर डा चिरञ्जीवी नेपाल र नेपालका लागि भारतका राजदूत मंजिभ सिंह पुरीले संयुक्त रूपमा ती सिक्काहरू लोकार्पण गरेका हुन्।

ती सबै सिक्काहरूको एक तर्फ “एक ओमकार” भनिने सिख धर्म सम्बन्धी चिन्हका साथ “गुरु नानक देवको ५५० जन्म जयन्ती” छापिएको छ।

यसभन्दा अगाडी सन् २००४मा राष्ट्र बैङ्कले सिख धर्मको मूल ग्रन्थ, गुरु ग्रन्थ साहेबको ४०० औँ जन्म जयन्तीका अवसरमा नेपाली रुपैयाँ २५० दरका स्मारक सिक्काहरू गरेको थियो।

ती नयाँ सिक्काहरू सार्वजनिक गरिएको दिन नेपालमा सिखहरूको विरासत बारे एक पुस्तक - सिख हेरिटेज अफ नेपालको पनि विमोचन गरिएको थियो।

उक्त पुस्तकका अनुसार गुरु नानक आफ्ना उदासिस भनिने धार्मिक भ्रमणका बेला नेपालका विभिन्न भूभाग पुगेका थिए।

हाल बालाजु स्थित नानक मठमा रहेको एक पिपल वृक्ष मुनी बसेर उनले ध्यान गरेको बताइएको छ भने पुरीका अनुसार गुरु नानक पश्चिमी नेपालका विभिन्न क्षेत्रदेखि जनकपुर र थ्यांगबोचे गुम्बासम्म पुगेका थिए।

उक्त सिक्काको अगाडी पट्टि “खांदा” सहित उक्त मूल ग्रन्थ अङ्कित गरिएको थियो।

विश्वभरका सिख धर्मावलम्बीहरूले आज गुरु नानकको ५५० औँ जन्म जयन्ती मनाइरहेका छन्।


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now