SKIP TO MAIN CONTENT

राष्ट्रपतिको "मेरो सरकार" ले ल्याएको तरङ्ग'

राष्ट्रपति विद्यादेवी भण्डारीले शुक्रबार अपरान्ह संसदमा सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्दा प्रयोग गरेकी दुईवटा शब्द प्रति सर्वसाधरणको व्यापक टिकाटिप्पणी आएका छन्।

Nepal's President Bidya Devi Bhandari.
Nepal's President Bidya Devi Bhandari. (Photo by Narayan Maharjan/NurPhoto) Source: Getty

3 min read

Published

Updated

By Pratichya Dulal



Skip to article content

गणतन्त्र आएपछिको दोस्रो राष्ट्रपतिको "मेरो सरकार" भनाइका कारण धेरै पछि नीति तथा कार्यक्रम बारे आम जनताले निकै प्रतिक्रिया पनि दिएका छन् तर उनीहरुले सरकारले आगामि आर्थिक वर्षमा ल्याउन लागेका कार्यक्रमहरुका बारेमा भन्दापनि ती कार्यक्रमहरु प्रस्तुत गर्दा राष्ट्रपतिले पटक पटक मेरो सरकार पनि प्रयोग गरेका शब्द बारे चासो र चिन्ता व्यक्त गरेका छन्।

सामाजिक सञ्चालमा विभिन्न दलका नेताहरु देखि लिएर लेखकहरु र सर्वसाधरणले त्यसप्रति प्रतिकृया दिएका छन्।

लामो समयपछि गतवर्ष नेपालमा कुनै एउटा दलले बहुमत ल्याएको हो। गणतन्त्रको नारा राख्दै करिब एक दशक सशस्त्र द्वन्दव गरेको तत्कालिन माओवादी र एमालेले दुई ठूला कम्युनिष्ट दलले सम्बृद्धि ल्याउन एकता गरेको भन्दै चुनावमा सम्बृदिको सपना बाँडेर जनताको मत पाएका थिए।

त्यसयता त्यही सरकारका प्रमुखले हरेक सार्वजनिक मञ्चमा सम्बृद्धिको प्रसंग उठाउन छाडेका छैनन्। तर मुलुकलाई सम्बृद्धि तर्फ लाने पहिलो आधार मानिने सरकारका नीति तथा कार्यक्रम र वार्षिक बजेटमा पनि खासै केहि नयाँ नभएको टिप्पणी गत वर्ष पनि अर्थशास्त्रीहरुले गरेका थिए।

Nepal's Prime Minister KP Sharma Oli.
Nepal's Prime Minister KP Sharma Oli. Source: Twitter

यसवर्षको नीति तथा कार्यक्रममा पनि गत आर्थि वर्ष झैं चार वर्षभित्र दोहोरो अङ्कको आर्थिक वृद्धिदर हासिल गर्ने विषयले नै निरन्तर्ता पाएको छ। यस्तै प्रधानमन्त्रीका दुई प्रिय विषय रेल र पानी जहाजका कुरा परेका छन्। साथै चुनावी घोषणा पत्रका लामो बुँदा मध्ये निकै लोकप्रिय भएको सामाजिक सुरक्षा भत्ता बढाइने पनि राष्ट्रपतिले घोषणा गरिन्।

"नेपालमा संसदीय व्यवस्था परहेको छ। जसमा राष्ट्रपतीको पद आलंकारिक हुन्छ। सरकार संचालनको कार्यकारी जिम्मेवारी प्रधानमन्त्रीमा हुन्छ। संविधानतह सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा निहित हुन्छ।"

नेपालमा अमेरिका जस्तो राष्ट्रपतिय शासकिय शासन प्रणाली नभएको  बुझेकी र २०४६ सालको आन्दोलन देखि गणतन्त्रका लागि भएको जनआन्दोलनमा पनि सक्रिय हालकी राष्ट्रपतिले विभिन्न संचार माध्यमबाट देश तथा विदेशमा रहेका जनतामार्फत प्रत्यक्ष प्रसारण भइरह्को निति तथा कार्यक्रमलाई संसदका दुवै सदनमा प्रस्तुत गर्दा राजाका पालामा झैं पटक पटक मेरो सरकार भन्दै सम्बोधन हुदाँ केहि समयदेखि शासकिय व्यवस्था परिवर्तन भएपनि देशमा शासकहरुको प्रवित्ति भने परिवर्तन हुन नसकेको भनी गरिँदै आएका अभिव्यक्तिलाई दरिलो आधार भने पक्कै दिएको छ।

भारतमा राष्ट्रपतिले सम्बोधन गर्दा 'मेरी सरकार' भन्ने गरेको भन्दै सरकारी पक्षले बचाउ गर्न खोजेको छ। तर भारतका राम्रा कुरा अनुसारण गर्ने तर आफू अनुकुल हुने प्रचलन ल्याएको भन्दै सामाजिक संजालमा थप आक्रोष देखिएको छ।

एकजना विश्लेषक जुगल भुर्तेलले द्विटरमा यस्तो लेखेका छन्।

"नेपालमा संसदीय व्यवस्था परहेको छ। जसमा राष्ट्रपतीको पद आलंकारिक हुन्छ। सरकार संचालनको कार्यकारी जिम्मेवारी प्रधानमन्त्रीमा हुन्छ। संविधानतह सार्वभौमसत्ता र राजकीयसत्ता जनतामा निहित हुन्छ।"

राष्ट्रपति शीतल निवासबाट संसद भवन पुग्दा र फर्कँदा लामो समय सवारी आवगमन अवरुद्ध भएकाले दुख पाएको गुनासो गरिरहेका जनताले राष्ट्रपतिले प्रयोग गरका मेरो सरकार भन्ने शब्दले राजतन्त्रको झल्को दिएको उनीहरुको भनाइ छ। 


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Stream now