नेपाल: योगेश भट्टराई बने नयाँ पर्यटन मन्त्री

नयाँ पुस्ताका नेता भनेर कहलिएका योगेश भट्टराई संस्कृति, पर्यटन तथा नागरिक उड्डयमन्त्री नियुक्त भएका छन्।

Minister Yogesh Bhattarai In Kathmandu

Newly appointed Minister Yogesh Bhattarai (Photo by Narayan Maharjan/NurPhoto via Getty Images) Source: NurPhoto

प्रधामन्त्रीका सल्लाहकार विष्णु रिमालका अनुसार भट्टराईले उक्त नियुक्ति बुधवार पाएका हुन्।

तत्कालीन पर्यटन मन्त्री रविन्द्र अधिकारीको हेलिकप्टर दुर्घटनामा निधन भएयता प्रधानमन्त्री ओलीले नै उक्त मन्त्रालय सम्हाल्दै आएका थिए।

सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का सांसद भट्टराई प्रखर वक्ता र केही समय अघिसम्म ओलीका आलोचकका रूपमा चिनिने गरेका थिए।

पछिल्लो समयमा भने ओलीले पार्टी भित्र अन्य गुटका नेताहरूसँग सम्बन्ध सुधार गर्ने क्रममा भट्टराईसँग पनि छलफल गरेका थिए।

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि सिङ्गापुर जानु अघि भट्टराईलाई पर्यटन मन्त्री नियुक्त गरेर सबैलाई समेट्ने प्रयास गरेको देखिन्छ।

नेपालमा मन्त्री मण्डल फेरबदल हुने हल्ला निक्कै चलेता पनि हाल अन्य मन्त्रीहरूको फेरफदल भने भएको छैन।

अघिल्लो निर्वाचनमा काठमाण्डूबाट पराजित भएका भट्टराई, पछिल्लो निर्वाचनमा उनकै जन्मस्थान ताप्लेजुङ्बाट निर्वाचित भएका हुन्।

Visit Nepal 2020 launched in Kathmandu
Visit Nepal 2020 launched in Kathmandu Source: Supplied

सन् २०२०लाई नेपाल भ्रमण वर्ष घोषणा गरेर २० लाख पर्यटक भित्र्याउने योजना बनाइएको बेला लामो समयसम्म पर्यटन मन्त्रीको पद रिक्त हुँदा त्यसले उक्त लक्ष्य भेट्न कठिन हुँदै गएको जानकारहरूले बताउँदै आएका छन्।

त्यसैले नवनियुक्त मन्त्री भट्टराईलाई सन् २०२० भ्रमण वर्ष सफल पार्न चुनौतीपूर्ण नै रहने छ।

भैरहवा स्थित गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सन् २०१९ भित्र सम्पन्न हुने देखिएको छैन।

कमजोर व्यवस्थापनका कारण नेपाल वायुसेवा निगमले प्रभावकारी सञ्चालन हुन सकेको छैन।

ठुलो ऋण लिएर खरिद गरिएका जहाजहरू निगम व्यवस्थापनका कमजोरीका कारण नाफामा सञ्चालन गर्न सकिएको छैन।

युरोपियन युनियनले नेपाललाई अझै कालो सूचीमै राखेको छ।

यस्तो अवस्थामा प्रधानमन्त्री लगायत नेताहरूले भने झैँ पर्यटन मार्फत समृद्धि ल्याउने ठोस काम गर्न नवनियुक्त मन्त्री भट्टराईलाई चुनौतीपूर्ण रहने छ।


2 min read

Published

Updated

By Pratichya Dulal



Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now