बलात्कारको आरोपमा मेलबर्नका एक नेपालीलाई ४ बर्ष जेल सजाय

मेलबर्नमा बरिस्टाको काम गर्ने एक नेपाली युवकलाई बलात्कारको आरोपमा कम्तिमा ४ बर्षको जेल सजाय सुनाइएको छ।

Exterior photo of the County Court of Victoria in Melbourne, Monday, November 27, 2017.

Source: AAP

मार्च २०१७ मा एक २३ वर्षे युवतीको उनकै घरमा बलात्कार र यौन हमला गरेको आरोपमा ३० बर्षिय इन्द्र भण्डारी दोषी भएको ठहर गत मे महिनामा जुरी द्वारा गरिएको थियो। 

भिक्टोरिया राज्यको काउन्टी अदालतमा भएको उक्त सुनवाईको क्रममा भण्डारीले आफु माथि लागेका आरोपहरु गलत भएको बताएका थिए।

तर बिहिबार १२ जुलाई २०१८ मा आफ्नो फैसला सुनाउदै न्यायधिश रिचार्ड स्मिथले भने पिडित युवतीले यौन क्रिया-कलापका निम्ति भण्डारीलाई आफ्नो स्वीकृति प्रदान गरेको वा नगरेको बुझ्ने जिम्मेबारी अन्तत्वगत्वा भण्डारीकै भएको उल्लेख गरेका थिए।

उनले भने, "भण्डारी घटनाका निम्ति जिम्मेवार छन्, घटनाको प्रकृति अनौठो भएकै कारण उनी त्यसै उम्कन पाउँदैनन्। "

उनका अनुसार भण्डारीले बलात्कारको पुर्व योजना नबनाएको तर उनले मौकाको फाइदा उठाएका थिए।

"तपाइँले पिडित निदाइरहेको अवस्थामा ती युवतीको फाइदा उठाउनु भयो जुनबेला उनी एकदमै कमजोर अवस्थामा थिईन्। तपाइँले अनायासै नभएर जानीबुझी नै यस्तो दुष्कार्य गर्नुभयो।"

गत मे महिनाको सुनवाईको क्रममा न्यायधिश स्मिथले भण्डारी र पिडित युवती बीच भएको यौनजन्य क्रियाकलापलाई एउटा अनौठो घटनाको संज्ञा दिएका थिए। 

"यदि मेरो युवास्थामा यो घटना भएको भए म यसलाई उर्न्ठ्याउलो व्यवहार भन्थे। यी युवती, आरोपित युवा बसेको सोफा अगाडी बस्दै आफुले लगाएको लुगा फुकाल्न थाल्छिन। यो एकदमै अचम्ममा पार्ने कुरो हो र मलाई लाग्छ हामीले यो कुरालाई ध्यान दिनुपर्छ।"

अदालतमा बताइए अनुसार, घटनाको राती भण्डारी तथा ती महिलासंगै घुमेका थिए जुनबेला उनीहरुले एक-अर्का सित चुम्बन साटा-साट गरे। महिलाको बयान अनुसार उनले भण्डारीलाई त्यस चुम्बनको केही माने नभएको बताएकी थिइन्।

त्यसपछि भण्डारीले उनलाई आफुले घरसम्म पुर्याईदिने प्रस्ताव गरे र त्यसै अनुसार उनीहरु दुवैजना ती महिलाको घर पुगे। भोली पल्ट नजिकैको ठाउंमा भण्डारीको काम भएकाले ती महिलाले उनलाई आफ्नो घरमा रहेको सोफामा सुत्ने अनुमति दिएकी थिइन्।

ती महिला घर पुगेपछि, भण्डारीसंग पुन: एकपल्ट नजिकैको पार्कमा आफ्नो कुकुर लिएर घुम्न गइन जहाँ फेरी उनीहरुले चुम्बन गरेको बयान अदालतमा सुनाइएको थियो।

जब सुत्न उनीहरु घर फर्के, ती युवतीले आफ्ना केही लुगा फुकालेर भण्डारीलाई सुत्न अनुमति दिएको सोफा अगाडी रहेको अर्को सोफामा निदाईन। उनको निन्द्रा तब खुल्यो जब उनले आफु माथि यौनजन्य हर्कत गरिरेहेका भण्डारीले बलात्कार गर्न सुरु गरे।

जज स्मिथले आज आफ्नो सजाय सुनाउंदै भने," पिडितको बयानुसार उनी हलचल गर्न असमर्थ भईन किनकी उनलाई के गर्ने कसो गर्ने थाहै भएन। उनले रुँदै तपाइँलाई आफ्नो घर छोडेर जान भनिन्"।

पिडित युवतीले भने घटना पछि आफ्नो अरु माथि सजिलै भरोसा गर्ने बानि तथा जीवन प्रति सकारात्मक रहेको दृष्टिकोणमा व्यापक परिवर्तन भएको बताएकी छिन्।

"म अब कहिले खुसि नै हुन्न भनेर त भन्दिन, तर जीवनलाई हेर्ने मेरो दृष्टिकोण अब फरक हुनेछ।"

भण्डारीका वकिल सोफी पार्सनका अनुसार उनी स्टुडेन्ट भिषामा अस्ट्रेलिया आएका थिए। अस्ट्रेलियाली नागरिक नभएको कारण, भण्डारीलाई सजाय पछि नेपाल फर्काइने सम्भावना रहेको बताइएको छ।

साँढे ६ बर्ष कैदको फैसला भएपनि भण्डारी ४ बर्षको जेल बसाई पछि परोलका निम्ति योग्य हुनेछन्।


Share

2 min read

Published

Updated

By SBS Nepali

Source: AAP, SBS




Share this with family and friends


Follow SBS Nepali

Download our apps

Watch on SBS

Nepali News

Watch it onDemand

Watch now